Sunday, March 26, 2017  |    

दशैं र तिहारमा खाद्यवस्तु अभाव नहुने

प्रकाशित मिति: 2015/09/24

दशैं, तिहार जस्ता चाडपर्वमा अत्यावश्यक खाद्यवस्तुको अभाव नहुने भएको छ । खाद्य संस्थान, साल्ट ट्रेडिङ, नेशनल ट्रेडिङलगायतका संस्थानले खाद्यान्न, नुन लगायतका अत्यावश्यक वस्तु दशैं र तिहारसम्मलाई पुग्नेगरी भण्डार गरिएको जनाएका हुन् । 
केन्द्रीय आपूर्ति व्यवस्था समितिको विहीबार बसेको बैठकमा उल्लेखित संस्थानहरुले अत्यावश्यक खाद्यवस्तु अभाव नहुने जानकारी गराएका हुन् । 
खाद्य संस्थानले आफूसँग २ लाख ९४ हजार किलो खाद्यान्न मौज्दात रहेकोजनाएको छ । छठ पर्वसम्मको माग धान्ने संस्थानको भनाई छ ।  
दुर्गमका २३ जिल्ला र पहाडी सुगम जिल्लाका लागि पनि आवश्यक खाद्यान्नको मौज्दात राखिएको संस्थानले बताएको  छ । 
त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले पनि ९ महिनालाई पुग्ने नुन मौज्दात रहेको जनाएको छ । कर्पोरेसनसँग हाल ११ हजार टन चिनी र सामान्य अवस्थामा ९ महिनालाई पुग्ने नुन मौज्दात राखेको जानकारी दिइन् । तिहारसम्मलाई माग धान्ने चिनी मौज्दात रहेको कर्पोरेसनले बताएको छ । नेशनल ट्रेडिङ कर्पोरेसन लिमिटेडले भने भने आफूसँग मौज्दात सामान नरहेको भन्दै बजारबाट खरिद गर्दै आवश्यकता अनुसार बिक्री गर्ने बताएको छ । 
यसैगरी खाद्य संस्थानले दशैंका लागि १ हजार च्यांग्रा र १५ सय खसीबोका ल्याउने तयारी गरेको छ । तराई बन्दका कारण योजना अनुसारको खसी ल्याउन नपाएपछि खाद्यले मुस्ताङबाट १ हजार च्यांग्रा ल्याउने तयारी गरेको छ ।

 

तपाईंको बिचार