Friday, September 20, 2019

नेपालमा बिदेशी लगानी आएन ! सुन लगाएर आएका लगानीकर्ता हिरासतमा राखेर धपाईए !

प्रकाशित मिति: 2019/05/14

३१ काठमाण्डौ । लगानी सम्मेलन सकिएको डेढ महिना बित्दा समेत एक रुपैयाँ लगानी आउन सकेको छैन । यही बिचमा नेपालमा लगानी गर्न आएका एक बिदेशी लगानीकर्ता त्रिभुवन बिमानस्थलमै समातिए ।

नेपालमा लगानीको अवसर र क्षेत्रहरुबारे अनुसन्धान गर्न आएका दुई भारतीय नागरीक विमानस्थलबाट पक्राउ परेको घटनाले राजनीतिक वृत्तमा चर्चाको बिषय बनेको छ । नेपालमा लगानीका क्षेत्र अवलोकन गर्न आएका उनीहरु तीनदिनसम्म हिरासतमा बस्नु परेको उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले खुलासा गरेका हुन । 
होटल एसोसियसन नेपालको ४६औँ सधारणसभामा बोल्ने क्रममा पोखरेलले सुन लगाएकाले ती भारतीय नागरिक पक्राउ परेको खुलासा गरेका हुन । उनीहरुको साथबाट ५० ग्रामभन्दा बढी सुन भेटेपछि अध्यागमन विभागले तीन दिन थुनेर भारत तिरै फर्काइदिएको पोखरेलले बताएका छन ।

नेपाल सरकारले हालै मात्र तामझामका साथ लागनी सम्मेलनको आयोजना गर्यो । गत चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा शो केशमा राखिएका ७७ परियोजना मध्ये ३१ का लागि २५ खर्ब रुपैयाँ बराबरको बिदेशी लगानीको प्रतिबद्दता भयो । 

तर लगानी सम्मेलन सम्पन्न भएको झन्डै डेढ महिना बितिसक्दा समेत एक रुपैयाँ पनि बिदेशी लगानी आउन सकेको छैन। ’विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ मा प्रयोग गरिएका शब्दले अस्पष्टता र अन्यौलता बढेकाले अहिलेसम्म एक रुपैयाँ पनि बिदेशी लगानी नभित्रिएको उद्योग बिभागका एक अधिकारीले बताए ।

तपाईंको बिचार