Saturday, November 18, 2017

आगामी टान निर्वाचन बारेमा यसो भन्छन् व्यवसायी

अहिल्यै क्रिया/प्रतिक्रिया गर्नु हतारो हुन्छ

टानको निर्वाचन सेप्टेम्बर अन्तिम सातासम्म गर्दा हुन्छ र १५ दिनअघिसम्म मिति घोषणा हुन्छ ।  अहिले सेप्टेम्बर महिना नै आएको छैन, समय आएपछि मिति घोषणा होला, जुन टानले गर्ला पनि । बजारमा अहिले जे–जति हल्लाहरु आएको छ, यो गलत छ । 
१३ सेप्टेम्बरसम्म निर्वाचन मिति तोक्दा पनि ठिकै हुन्छ । अहिलेसम्म तोकिएको छैन भनेर आत्तिनु जरुरी छैन् । यसभन्दा अगाडी अक्टोबरमा निर्वाचन भएको उदाहरण पनि छ, यसर्थ यसका बारेमा अहिल्यै क्रिया/प्रतिक्रिया गर्नु हतारो हुन्छ । आफ्नो परम्पराअनुसार संस्थाले निर्वाचन गर्ला । 
बजारमा अहिले देखिएका हल्लाहरु स्वभाविक पनि छन्, तर अहिले नै हतारो गरेर निर्वाचन तोकेन भन्ने भन्दा पनि स्वभाविक समयसम्म पनि मिति घोषणा भएन भने त्यसपछि नकारात्मक टिप्पणी गर्नु ठिक हुन्छ जस्तो लाग्छ । 

सरोज न्यौपाने, वियोन्ड दि लिमिट ट्रेक्स एण्ड एक्सपीडिसन

अध्यक्षले नै डिसेम्बर पहिलो साता निर्वाचन गर्ने भनेका छन् 

 

म सम्पूर्ण पर्यटन व्यवसायीहरुको हितमा काम गर्छु भन्ने मान्छे गएको भए नियमित समयमा आफ्ना गतिविधि र कामहरु गथ्र्यो होला, व्यवसायीहरुको हित हुने काम गथ्र्यो होला । तर संस्थामा यस्तो मान्छे नगएकै कारण समस्या देखिएको हो । व्यक्तिगत हितमा मात्र लिप्त हुने मान्छेहरु भएका कारण पर्यटन क्षेत्र यस्तो डामाडोल भएको हो । अहिले न समयमा साधारणसभा डाक्ने काम भएको छ, नत निर्वाचनको मिति घोषणा गर्ने काम नै । यो कुनै पनि हिसावले सुहाउने काम भएन । 
पर्यटन बोर्डबाट आउन बाँकी रहेको बजेट सिध्याएर जान्छु भन्ने मनसुवाले निर्वाचन मिति सार्ने हर्कत गरिएको छ । 
टानका अध्यक्षले नै डिसेम्बर पहिलो साता निर्वाचन गर्ने भनेका छन् । महासचिव पनि डिसेम्बरमा निर्वाचन गर्दा केही फरक नपर्ने दावी गरेका छन् । यस हिसावले सेप्टेम्बरमा निर्वाचन गर्ने सोचमा टान छैन् । 

नुरु जाङबु शेर्पा, प्रबन्धनिर्देशक –इन्टरनेशन शेर्पा एड्भेन्चर

निर्वाचन मिति चाँडो घोषणा गर्नुपर्छ । 

टानको निर्वाचन सेप्टेम्बरमै सम्पन्न गर्नुपर्छ भन्ने हामी व्यवसायीहरुको मत हो । तर, यसका लागि हामीले मिति तोक्ने होईन । हामी व्यवसायीहरुले एउटा सकारात्मक दवावमात्र दिन सक्छौँ । टान कार्यसमितिको क्षेत्राधिकार भएकाले कार्यसमितिले निर्वाचन घोषणा गर्नुपर्छ । 
अहिले पर्यटन क्षेत्रको अवस्था विगतको जस्तो छैन् । भूकम्पले पर्यटन क्षेत्रलाई क्षतिग्रस्त बनाएको छ । यसका कारण पनि नियमित गतिविधि गर्ने अवस्था छैन् । पुनरुत्थानमा ध्यान दिनुपर्ने समय हो यो । यसर्थ पनि टानले निर्वाचन गर्ने अवस्था नभएको होला, जस्तो लाग्छ । यद्यपी संस्थाको महत्वपूर्ण र नियमित गतिविधिका हिसावले निर्वाचन मिति चाँडो घोषणा गर्नुपर्छ । 

गोविन्द प्रसाद पन्त, प्रबन्धनिर्देशक –एडभेन्चर पीलग्रिम्स ट्रेकिङ

टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ

टानले अहिले जे गरिरहेको छ, यो जिम्मेवारीपूर्ण कुरा भएन । आफ्नो मार्गबाट टान च्यूत भएको अवस्था देखिएको छ । विगतको अभ्यासअनुसार सेप्टेम्रबमै चुनाव सम्पन्न गर्नपर्ने हो । तर, यसका लागि तयारीका हिसावले शून्य देखिएको छ । अन्तिम घडीसम्म पनि निर्वाचनका लागि मिति घोषणा नगर्नुले टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ । 
टानको खर्च गर्ने प्रणाली पनि गलत छ । आफुलाई मन लागेको शिर्षक र क्षेत्रमा बजेट लैजाने, खर्च गर्ने परिपाटी छ । शिर्षस्त नेतृत्व र कार्यप्रणालीमा थुप्रै समस्याहरु देखिन्छ । 
हालसम्म निर्वाचनका लागि मिति तय गरिएको छैन् । अहिलेसम्म मिति घोषणा नगर्नुले सेप्टेम्बरमा चुनाव हुने सम्भावना टेरेको छ । अव डिसेम्बर वा यसको आसपासमा चुनाव होला । सेप्टेम्बरमै चुनाव गर्नका लागि हामी सचेत व्यवसायीहरु एक भएर नेतृत्वलाई दवाव दिनु जरुरी छ । 

 

शेखर बहादुर थापा, प्रबन्धनिर्देशक -अलपाईन एसियन ट्रेक्स एण्ड एक्स्पेडिसन