Saturday, November 18, 2017

पर्यटन क्षेत्रमा उत्पन्न समस्या र अबको बाटो ?

पर्यटन रणनीति निर्माण गर्न जरुरी छ 
 

    यो वर्ष पर्यटक भ्रमणमा आउने मुख्य सिजनमै भारतको नाकाबन्दी हुँदा पर्यटकको संख्यामा स्वत गिरावट आएको छ । मुख्यत इन्धनको अभावमा मानिसलाई दैनिकि चलाउनै मुस्किल छ । यस्तो अवस्थामा भ्रमण, मनोरञ्जन गर्ने कुरा सम्भव हुन कुरै भएन । तर मलाई लाग्छ यसको प्रभाव दीर्घकालिन रुपमा पर्दैन । त्यसकारण अहिले केही खस्किएपनि हामी आत्तिहाल्नुपर्ने अवस्था छैन । किन भने हाम्रा आन्तरिक विवादकै कारण यो समस्या निम्तिएको छ । त्यसलाई समाधान गरेपछि पुन पर्यटकहरु सहजै पर्यटकमा आउने वातावरण सृजना हुन्छ ।     

    हामी व्यवसायी र सरकारी निकायहरु विच अब कसरी पर्यटन क्षेत्रलाई अगाडि लैजाने भन्ने विषयमा गम्भिर बहस र छलफल हुन जरुरी छ । जसको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि दिर्घकालिन रणनीति बनाएर आवश्यक समन्वय गर्दै पर्यटन प्रवद्र्धन गर्नुपर्छ । अझ मत के भन्छु भने पर्यटन प्रवद्र्धन र विकासका अभिलम्ब अल्पकालिन र दिर्घकालिन रणनीति योजना बनाउनुपर्छ ।  जसको माध्यमबाट स्वदेश तथा विदेशमा पर्यटन प्रवद्र्धन गर्न सकियोस् । अनिमात्र यो खस्किएको पर्यटनलाई आगामी वर्षमा पर्यटन क्षेत्रलाई उकालो चढाउन सक्छौ । 

टासिलाक्पा शेर्पा, उपाध्यक्ष टान

ठोस कार्यक्रम लिएर प्रचार गर्नुपर्छ  

    देशमा नयाँ संविधान निर्माणसँगै जनताले जुन आशा गरेका थिए, पस्थिति त्यसको ठिक विपरित भएको छ । जसको प्रतिफलको रुपमा अहिले हामी अनेक कष्टहरु भोगिरहेका छौ । हाम्रा व्यापार व्यवसाय प्रभावित बनेको छ भने नेपाल भ्रमणमा आएका विदेशी पर्यटकहरु स्वतन्त्रतापूर्वक घुम्ने र रमाउने वातावरण छैन । जसले गर्दा विगतका वर्षको तुलनामा नेपालको पर्यटन क्षेत्र केही खस्किएको छ । 
    यद्यपी, देश भित्रका समय समयमा हुने विभिन्न क्रियाकलापहरुले गर्दा अन्तराष्ट्रिय जगतमा नेपालबारे धेरै नकारात्मक प्रचार भइरहेको छ । अब हामीले संविधान निर्माणसँगै देश नयाँ मोडमा प्रवेश गरेको छ । हामीले हाम्रा तत्कालिन समस्याहरुलाई छिटै समाधान गरि पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय जगतामा नयाँ ढंगले प्रचारमा जान जरुरी भइसकेको छ । आन्तरिक रुपमा गोष्ठि, सेमिनारहरु धेरै भए । त्यसलाई बदलेर अब ठोस कार्यक्रमसहित अन्तर्राष्ट्रिय प्रचारमा लाग्नुपर्छ । त्यसपछि मात्र नेपालको पर्यटनले गति लिन्छ ।

हरि धरेल, प्रवन्ध निर्देशक -हाइल्याण्डर ट्रेक्किङ

विकल्प खोजेर समस्या समाधान गर्नुपर्छ

नाकाबन्दीका कारण अहिले इन्धनलगायत अन्य अत्यावश्यक बस्तुको चरम अभाव छ । जसकारण देशका हर क्षेत्र प्रभावित भएको छ । यसको प्रभाव पर्यटन क्षेत्रमा अझ गम्भिर रुपमा परेको छ । अहिले नेपाल भ्रमणमा रहेका पर्यटकहरुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् भने नेपाल आउने तरखरमा रहेकाहरु पनि भ्रमण रद्ध गरेर बसेका छन् । 


पर्यटन जस्तो निकै संवेदनशिल र निकै महत्वपूर्ण यो क्षेत्रलाई यस्तो अभावका बेला राज्यले विशेष क्षेत्र तोकेर केही सहयोग गर्नुपथ्र्यो तर त्यो भएको छैन । भूकम्पपछि केही खस्किएको पर्यटनलाई माथि उकास्न हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन स्वदेश तथा विदेशमा प्रचारप्रसार पनि ग¥यौ । त्यसपछि हामीलाई केही आशा पनि पलाएको थियो तर अहिले विदेशीलाई नेपाल आउ भनेर भन्ने अवस्था समेत छैन । तथापी नाकाबन्दीको समस्या समाधानका लागि सरकारले तत्काल वार्ता र छलफलको बाटो अलम्बन गर्नुपर्छ । 

कमल सापकोटा प्रबन्ध निर्देशक : माउन्टेन डिलाइट्स ट्रेक्किङ