Monday, May 1, 2017  |    

घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ बारे के भन्छन् व्यवसायी ?

कर्मचारीलाई घुम्ने प्रोत्साहन गर्नुपर्छ  

केहि नहुनु भन्दा केहि हुनु नै राम्रो हो । पहिलेको तुलनामा आन्तरिक पर्यटकको संख्यमा केही सुधार हुदैछ ।  क्रमिक रुपमा यसको प्रभाव बढ्दै जान्छ । सरकारले आफ्ना कर्मचारीलाई घुम्नका लागि प्रोत्साहन गर्नुपर्छ । भौतिक पुर्वाधार पर्याप्त  मात्रामा नहँुदा पर्यटकहरुले सास्ती खेप्नुपरेको छ । भ्रमण वर्षको प्रचार प्रसारमा जोड गर्नु नै सबैका लागि फाइदाजनक हुन सक्छ ।  व्यवसायीहरुलेपनि आन्तरिक पर्यटकको सुरक्षा लागायतका कुरामा ध्यान दिनुपर्छ । सम्पुर्ण व्यवसायीलाई एकजुट गरेर सहकार्य गर्नुपर्ने देखिन्छ ।

सी एन पाण्डे, प्रथम उपाध्यक्ष -नाट्टा

नयाँ गन्तव्यको पहिचान गर्नुपर्छ  

पर्याप्त तयारीको अभावमा घोषणा गर्नु ठूलो कमजोरी हो । सम्बद्ध निकायसँग सहकार्य नगरेका कारण यो योजना फलदायी होला भन्न सकिन्न । तीन महिना बितिसक्दा पनि बोर्डले राम्रोसँग प्रचारप्रसार गर्न सकेको छैन । पर्यटकलाई पनि किन र कहाँ घुम्ने भन्ने कुरामा अन्योल रहेको पाइन्छ । यसको लागि व्यवसायीसँग छलफल गरेर निश्चित टुर प्याकेजहरु प्रस्तुत गर्नुपथ्र्याे । नयाँ पर्यटकीय स्थलहरुको पहिचान गरेर पुराना गन्तव्यहरुको व्यवस्थापनमा विषेश ध्यान पु¥याउनु पर्छ ।

कुल बहादुुर गुरुङ, अध्यक्ष -गणेश हिमाल पर्यटन विकास समिति

नयाँ पर्यटकीय प्रडक्टको उजागर गर्नुपर्छ  

एकाध व्यक्तिले भ्रमण गरे भन्दैमा आन्तरिक पर्यटक बढे भनेर भन्न मिल्दैन । बोर्डले प्रचारप्रसारमा ध्यान नदिदा सबैमा यो म्यासेज पुग्न सकेको छैन र प्रस्ट रोडम्याप नुहुँदा घोषणा नारामै सिमित भएको छ । पहिलेको तुलानामा भ्रमणकर्ताहरुको संख्या बढेको भएपनि यी सबै पर्यटकहरुनै हुन भन्ने कुनै ग्यारेन्टी छैन । नियामक निकायहरु परिचालन गरेर होमस्टे, धार्मिक तथा साँस्कृतिक पर्यटन जस्ता स्थानीय स्तरमा प्रभावकारी हुने प्याकेजहरुमा जोड दिनुपर्छ ।

शंकर अधिकारी, पूर्वउपाध्यक्ष -नारा

आन्तरिक पर्यटकको तथ्याङक राख्नुपर्छ

अहिलेसम्म कति जना नेपालीले भ्रमण गरे त्यसको यकिन तथ्याङक सम्बन्धित निकायसँग छैन । यो अवसरमा आन्तरिक पर्यटकको पनि व्यवस्थित तथ्याङक राख्ने योजना बनाउनुपर्छ । घुमफिर वर्ष घोषणाले पर्यटन क्षेत्रमा राम्रो सन्देश गएको देखिएतापनि यो त्यति प्रभावकारी बनाउन सकिएको छैन । प्रचारप्रसारको पाटो निकै कमजोर भएकाले सम्पूर्ण जनमानसमा यसबारे जानकारी पुगेको छैन । सरकारले आफ्ना सम्पुर्ण निकायहरु यसमा परिचालन गरेको भए अझै राम्रो हुनेथियो ।

पासाङ शेर्पा, पूर्व सचिव -टान

प्रचारप्रसारमा कञ्जुस्याई गर्नुहुँदैन

सरकारले कुनै योजना विना नै घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ घोषणा ग¥यो । त्यस कारणले पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु अन्योलमा परेका छन् । घोषणा गरेको जानकारी आम जनमानसमा राम्रोसँग नपुग्दा घोषणा भएको यत्तिका समय वितिसक्दा पनि त्यसको प्रभावकारिता देखिएको छैन । यस अवसरमा देशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर टूर प्याकेजको घोषणा गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा प्रचारप्रसार गर्न कञ्जस्याई गर्नु हुदैन ।

ऋषि प्रसाद नेपाल, प्रबन्ध निर्देशक -इन्काउन्टर्स नेपाल डट कम प्रालि