Sunday, June 25, 2017  |    

सिंगापुरको विकासबाट नेपालले पाठ सिक्नुपर्छ :माधव नेपाल

प्रकाशित मिति: 2016/07/06

असार २२ सिंगापुर नेकपा एमालेका नेता माधवकुमार नेपालले सिंगापुरको तीब्र विकासबाट पाठ सिकेर देश विकासमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

भियतनामबाट फर्कने क्रममा सिंगापुरमा रहेका नेपाली समुदायबीच बोल्दै उनले नेपाल बाहिर रहेका नेपालीको अवस्था र स्वदेशप्रति उनीहरुको दायित्वमा केन्द्रित भई मन्तव्य राखेका थिए । सिंगापुरले छोटो समयमा तीब्र विकास गरेको भन्दै नेता नेपालले यसबाट मुलुकले सिक्नुपर्ने बताए । नेपाली समाज, सिंगापुरको आयोजनामा अल्वर्ट कोर्टमा भएको कार्यक्रममा उनले नेपालीको पहिचानलाई विश्वभर फैलाउन विदेशमा रहेका नेपालीहरुको भूमिका अहम हुने बताए । उनले नेपाली भाषा, कला, साहित्य, संस्कृतीलाई जहाँ रहे पनि नबिर्सन आग्रह गरेका थिए । ‘तपाईहरुले स–साना बच्चालाई नेपाली भाषा सिकाउन नुभल्नुहोला,’ नेता नेपालले आग्रह गरे ।

सिंगापुरमा रहेका व्यवसायी कमल बस्यालको संयोजनमा भएको कार्यक्रममा नेपाली समुदायले उनलाई ज्ञापनपत्र समेत बुझाएका थिए । समाजका अध्यक्ष विश्वप्रकाश गिरी, एनआरएनका राजु शर्मासहितले बुझाएको ज्ञापनपत्रमा सिंगापुरको विकासका मोडललाई नेपालमा समेत लागू गराउन पहल गराउन माग गरिएको छ ।
भियतनाममा कम्युनिष्ट पार्टीको निमन्त्रणामा भाग लिएर नेता नेपाल र एमाले अन्तर्राष्ट्रिय विभाग सदस्य विष्णुहरी पाण्डे सिंगापुर पुगेका हुन् ।

 

तपाईंको बिचार