Thursday, November 23, 2017

अमेरिकन विश्वविद्यालयमा आक्रमण, १३ को मृत्यु, दर्जनौ घाईते

प्रकाशित मिति: 2016/08/25

भदौ ९, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी विश्वविद्यालय आक्रमणमा १३ जनाको मृत्यु भएको छ । जसमध्ये ७ विद्यार्थी रहेको काबुल प्रहरीले जनाएको छ ।
हमलाको दस घण्टापछि विश्वविद्यालयमा हमलामा संलग्न दुई बन्दूकधारी सेनाको जवाफी कारवाहीका क्रममा मारिएका छन ।
आक्रमणकारीको खोजीमा जुटेको सुरक्षा निकायले भवनमा बन्द रहेका विद्यार्थी तथा विश्वविद्यालयका कर्मचारीलाई छोडेको थियो ।

काबुल प्रहरीका प्रमुख अब्दुल रहमान रहीमीले बीबीसीलाई बताए अनुसार मारिनेमा तीन प्रहरी तथा तीन विश्वविद्यालयका सुरक्षा गार्डहरु रहेका छन् ।

हमलामा ३५ विद्यार्थी तथा ९ प्रहरी घाइते भएका छन् । आक्रमणकारीको नियन्त्रणमा रहेका ७५० विद्यार्थी तथा कर्मचारीलाई सकुशल उद्धार गरिएको छ ।  अमेरिकन विश्वविद्यालयमा लगभग १७ सय विद्यार्थी पढ्छन् ।
 

 

तपाईंको बिचार