Saturday, November 18, 2017

एनआरएनले बाढीपीडितका लागि राहत कोष स्थापना गर्यो, घले दम्पतीले १ करोड सहयोग गर्ने

प्रकाशित मिति: 2017/08/13

काठमाडौं । देशरभर बाढिपहिरो कारण नेपालीहरु आपतवितमा परेको समयमा पीडितलाई सहयोग गर्नका लागि केही सहयोगी हातहरु अघि सरेका छन् । 

दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरोपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आपतकालीन राहत कोषको स्थापना गरेको छ। कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन्।

यो दुःखको घडीमा देशबासीको साथमा रहेको अध्यक्ष घलेले भने । बैठकबाट एक करोड बढी रकम संकलन गरिसकेका छ । आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरणमा खटिने छौं उनले भने । संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो।

एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एक÷एक लाख रुपैयाँ सहयोग गरेका छन्। संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन्। बाढीपहिरो पीडितलाई के–कस्तो सहयोग जरुरी छ भनी संघका अध्यक्षले आइतबार नै गृहमन्त्री जनार्दन शर्मासँग टेलीफोनमा छलफल गरेका थिए। सहयोगको आवश्यकताबारे गृहमन्त्रालयले विस्तृतमा जानकारी दिएपछि सोही आधारमा राहत सामाग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ।

तत्कालका लागि राहत कोषको रकम दुई करोड रुपैयाँ पुर्‍याउने र सामाग्री खरिद प्रकृया सुरु गर्ने जनाइएको छ। राहत वितरणको समन्वय गर्न संघका अध्यक्ष घले तत्कालै अष्ट्रेलियाबाट नेपाल आउने बताइएको छ। 

एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ।  बाढीपहिरो पीडितलाई के–सहयोग जरुरी छ भनी संघका अध्यक्षले आइतबार नै गृहमन्त्री जनार्दन शर्मासँग टेलीफोनमा छलफल गरेका थिए। सहयोगको आवश्यकताबारे गृहमन्त्रालयले विस्तृतमा जानकारी दिएपछि सोही आधारमा राहत सामाग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ।

संघले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो गच्छेअनुसार रकम सहयोग गर्न आह्वान गरेको छ। साथै संस्थाको मातहतका सबै देशका राष्ट्रिय समन्वय समितिहरुलाई पनि रकम संकलनमा तीब्रताका साथ लाग्न र संकलित रकम एक साताभित्र एनआरएन केन्द्रीय कार्यालयको खातामा पठाइसक्न संघले विज्ञप्तिमार्फत् अनुरोध गरेका छन्।

मुलुकलाई विपत परेका बेला गैरआवासीय नेपाली संघले सक्रियताका साथ मानवीय सहयोग गर्दै आएको छ। ०७२ सालमा आएको महाभूकम्प तथा नाकाबन्दीका कारण सिर्जित मानवीय संकटका बेला पनि गैरआवासीय नेपाली संघले राहत वितरण गरेको थियो भने एनआरएनएले भूकम्पपीडितका लागि गोरखाको लाप्राकमा एकीकृत बस्ती निर्माण गरिरहेको छ।

तपाईंको बिचार