Saturday, November 18, 2017

सहमति नभएपछि एनआरएनएमा भट्ट र गुरुङ भिड्ने

प्रकाशित मिति: 2017/10/16

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को चुनावमा अध्यक्षमा भवन भट्ट र जमुना गुरुङबचि प्रतिस्पर्धा हुने भएको छ । सहमतिका लागि आज विहानसम्म प्रयास भए पनि सहमति हुन नसकेपछि भट्ट र गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो ।

सहमति गराउन भन्दै पहिला भट्टको मात्र उम्मेदवारी दर्ता भएको थियो । तर सहमति हुन नसकेपछि अब एनआरएनएको चुनावमा जापानका व्यापारी र अस्ट्रेलियाका व्यापारीबीच भिड्न्त हुने भएको हो । त्यसैगरी अध्यक्षमा दाबी गर्दै आएका कतारका टीबी कार्कीले भने भवन भट्टलाई समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिएका छन् ।

एनआरएनए आईसीसीका वर्तमान अध्यक्ष शेष घलेकी पत्नी जमुना गुरुङले आगामी कार्यकालका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटिले जानकारी दिएको छ । दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएकी जमुनालाई त्यहाँको पत्रिकाले अष्ट्रेलियाका धनी महिलाको सूचीमा ११औं नम्बरमा राखेका छन् । अष्ट्रेलियामा धनी महिलाको सूचीमा पर्ने उनी दक्षिण एसियाबाटै पहिलो महिला हुन् ।

त्यस्तै जापानका सफल व्यवसायी भवन भट्टले एनआरएनए अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । भट्टका जापानमा मात्रै २९० होटल तथा रेस्टुराँ सञ्चालन रहेका छन् । यस्तै नेपालमा पनि टीबीआई समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधारलगायतका क्षेत्रमा करिब दुई अर्ब रुपैयाँ लगानी रहेको छ ।

तपाईंको बिचार