Saturday, December 16, 2017

मलेसियामा नेपालीले नेपालीलाई तीन तला माथिबाट फ्याक्दा मृत्यु

प्रकाशित मिति: 2017/12/03

मलेसिया । काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली नेपालीबीच झगडा हुँदा एक  पुरुषको मृत्यु भएको हो ।

राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताए । मृतकको परिचय भने  खुलाएका छैनन् ।

तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उ फरार रहेको बताइएको छ ।

तपाईंको बिचार