Wednesday, December 12, 2018

अब मलेसियामा विदेशी कामदारले लेबी तिर्नु नपर्ने

प्रकाशित मिति: 2017/12/21

काठमाडौं । अब सन् २०१८ देखि कामदारहरुले मलेसियामा लेबी तिर्नुनपर्ने भएको छ ।  उक्त लेबी रोजगारदाता कम्पनीहरुले नै कामदारको लेबी व्यहोर्ने छ । ।

मलेसिया सरकारले रोजगारदाताले नै लेबी तिर्नुपर्ने निर्णय गत वर्ष नै गरेको थियो । सो निर्णय १ जनवरी २०१८ देखि लागू हुने मलेसियाको मानव संशाधन मन्त्रालयले जानकारी दिएको छ । मलेसियाको यो निर्णयबाट नेपाली कामदारहरु पनि प्रत्यक्ष लाभान्वित हुने भएका छन् । मलेसिया नेपालीहरुको वैदेशिक रोजगारीको एउटा प्रमुख गन्तव्य हो ।

विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइसकिएको छ । नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ ।

तपाईंको बिचार