Friday, July 19, 2019

विदेश जानेको संख्या घट्यो

प्रकाशित मिति: 2018/01/18

काठमाडौं । नेपालबाट बैदेशिक रोजगारीमा जानेको संख्या र विदेशबाट आउने विप्रषेण (रेमिट्यान्स)को परिणाम दुबैमा कमी आएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा काम गर्न जानेको संख्या र विप्रेषण दुबैको कमी आएको राष्ट्र बैंकको प्रतिबेदनमा उल्लेख छ । राष्ट्र बैंकको पाँच महिने समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले ह्रास भई रु. २८५ अर्ब ४८ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले बढेको थियो । फलस्वरुप खुद ट्रान्सफर आय ०.२ प्रतिशतले घटी रु. ३३१ अर्बमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५.२ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ८.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेविया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

देशको आर्थिक विकासको दृष्टिले बिदेश जाने घट्नु र स्वदेशमै रोजगारी सिर्जना भई उत्पादन बढ्नु राम्रो भए पनि रेमिट्यान्त्स घट्दाको तत्कालीन मार भने देशको अर्थतन्त्रले खेप्नुपर्ने देखिन्छ । 

तपाईंको बिचार