Tuesday, September 19, 2017

शिक्षा

कक्षा ११ मा भर्ना हुन नयाँ मापदण्ड

काठमाडौं । सरकारले कक्षा ११ मा भर्ना हुने विद्यमान आधार (मापदण्ड)मा सामान्य परिवर्तन गरेको छ। शिक्षामन्त्रिस्तरीय निर्णयबाट केही विषयमा पढ्न विगतमा लागू गरिएको स्तरीकृत अङ्क (जिपिए)का आधारमा सामान्य परिवर्तन भएको हो।


एसइईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

असार २, भक्तपुर । परीक्षा नियन्त्रण कार्यलयले यस वर्षको ​एसइई परीक्षाको नतिजा शुक्रबार बिहान सार्वजनिक गरेको छ ।


शिक्षा नियमावली पारित

काठमाडौं । मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिले ‘शिक्षा नियमावली, २०७३’ पारित गरेको छ । शुक्रवार बसेको समितिको बैठकले उक्त नियमावली पारित गरेको हो । शिक्षा ऐन (२०२८) आठौं संशोधन जारी भएको दश महिनापछि बल्ल नियमावली जारी गरिएको हो ।


अब कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म

फागुन २०, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा तालिका परिवर्तन गरेको छ। वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका कारण परीक्षा पछि सारिएको बोर्डले जनाएको छ।


अब एसएलसीमा सी ग्रेडभन्दा कम ल्याउनेले खरिदारको परिक्षा दिन नपाउने

फागुन १९, काठमाडौं । एसएलसी परीक्षामा कम्तीमा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थी मात्रै लोकसेवा आयोगको परीक्षामा सहभागी हुन पाउने भएका छन् ।


डा. गोबिन्द केसीको समर्थनमा चिकित्सकहरुले भोलीबाट इमर्जेन्सीबाहेक अन्यत्र काम नगर्ने

असोज १७, काठमाडौं । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का आवासीय चिकित्सकहरुले अनसनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारबाट ओपीडी लगायतमा काम नगर्ने भएका छन् । आकस्मिक र शल्यक्रियामा भने काम जारी राख्नेछन् । डा. केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएको नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनका अनुसार आईओएमका आवासीय चिकित्सकहरु आइतबारदेखि नै पठनपाठनमा सहभागी भएका छैनन् । मंगलबारबाट शैक्षिक कार्यक्रम अन्र्तगतका अपरेशन (ओटी) र इमर्जेन्सी बाहेकका काममा सहभागी नहुने उसले बताएको छ । एशोसिएसन


नेविसंघको मतदान बुधबार रातभर,मतदान बिहीबार मात्र सम्पन्न, मतगणना आजै

काठमाडौं २ भदौ । नेपाल विद्यार्थी सङ्घको नयाँ नेतृत्वका लागि रातभरी नै मतदान भएको छ । बुधवार मध्यान्न सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएको छ । ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि बुधबार दिउँसोबाट मतदान सुरु भएको थियो ।


डा. केसीका माग बारे सरकारी वार्ता समितिले आजबाट वार्ता गर्ने

श्रावण ६, काठमाण्डौ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १२ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनाएको समितिले आजदेखि काम सुरू गरेको छ । स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा सरकारले बुधबार वार्ता समिति गठन गरेको हो । डा. उप्रेतीका अनुसार अहिले समितिका सदस्यहरूबीच बैठक सुरू भएको छ । यो बैठकले डा. केसीसँग वार्ताका लागि औपचारिक रुपमा प्रतिनिधि माग गर्ने छ । यस्तै बैठकले वार्ताको ’मोड़ालिटी’ समेत तय गर्ने छ । चिकित्सा शिक्षामा विभिन्न सुधारको माग


बालुवाटार घेराउ गर्न गएका डा. केसीका समर्थक प्रहरी नियन्त्रणमा

श्रावण ४, काठमाण्डौ । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै दश दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीका १२ जना समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनसनको दशौं दिनसम्म पनि सरकारले पूर्ण वेवस्ता गरेको भन्दै प्रधानमन्त्री निवास, बालुवाटार घेराउ गर्न पुगेका डा. केसीका समर्थकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । डा. केसीको समर्थकहरू शिक्षण अस्पतालबाट नै नाराबाजी गर्दै बालुवाटार पुगेका थिए । बालुवाटार पुगेर १५–२० मिनेट नाराबाजी पछि निषेधित क्षेत्र तोड्न खोजेका थि


२४ हजार शिक्षक आवश्यक

असार २५,काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा दक्ष एवम् शिक्षित जनशक्ति तयार गर्नु अपरिहार्य भएको बताएका छन् । व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत शिक्षा मन्त्रालयको छलफलमा सांसदले


अनिवार्य विषयका किताब अभाव

सार १९, काठमाण्डौ । जिल्ला शिक्षा कार्यालयले ११ र १२ कक्षामा निश्चित पाठ्यपुस्तक लागू नगरिएको जनाएको छ । तर, केही उच्चमावि र त्यहाँका शिक्षकले निश्चित प्रकाशन तथा लेखकका पुस्तक अनिवार्य गरेपछि शिक्षा कार्यालयले त्यस्तो अवस्था नरहेको जनाएको हो । शिक्षा अधिकारी रमाकान्त शर्माका अनुसार अनिवार्य नेपाली बाहेक अन्य विषयमा कुनै निश्चित पाठ्यपुस्तक लागू गरिएको छैन । केही उच्चमावि र शिक्षकले निश्चित प्रकाशन र लेखकको पुस्तक अनिवार्य गरेको गुनासो आएको उनले बताए । उनले सम्बन्धित विद्यालय र शिक्षकले विद्यार्थीलाई पाठ्यक्रमसँग मिल्ने विषयवस्तु समेटिएका र सूचीकृत गरिएका आधिकारिक पाठ्यपुस्तकको सूची उपलब्ध गराउन अनुरोध गरेका छन्


उच्च माध्यामिक शिक्षा परिषद् खारेज

असार १६, काठमाडौं । उच्च माध्यामिक शिष परिषद् खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शिक्षा ऐन आठौं संशोधन प्रमाणीकरण गरेपछि औपचारिक रुपमै परिषद् खारेज भएको छ ।


एसएलसीमा २ भन्दा बढि जी पी ए ल्याउने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न पाउने

असार ४, काठमाडौं । प्रवेशिका परीक्षामा अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘सी’ वा सोभन्दा बढी ग्रेड प्राप्त गरी समग्रमा कम्तीमा स्तरीकृत अङ्क औसत २।० ल्याउने विद्यार्थीले प्राविधिक विषय अध्ययन गर्न पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटी् ले डिप्लोमा तथा प्रमाणपत्र तहमा स्वास्थ्यतर्फको विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि यस्तो व्यवस्था गरेको हो । सिटीइभिटीका सदस्य सचिव डा रामहरि लामिछानेले भन्नुभयो, “अङ्ग्रेजी, गणित र विज्ञानमा ‘सी’ श्रेणी आएको छ भने त्यस्ता विद्यार्थीलाई स्वास्थ्यतर्फको विषय अध्ययन गर्न प्रवेश परीक्षामा सहभागी गराउने व्यवस्था गरेका छाँै ।”


डी र ई ग्रेड ल्याउने विद्यार्थीले मौका परिक्षा दिन पाउने

असार १, काठमाडौं । एसएलसीमा दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड प्राप्त गर्नेले मौका परीक्षा दिन पाउने भएका छन् ।परीक्षा नियन्त्रण कार्यालय परीक्षा बोर्डले ‘ग्रेड वृद्धि’का निम्ति यो निर्णय गरेको जनाएको छ । ‘बढीमा दुई विषयमा डी र ई ग्रेडप्राप्त विद्यार्थीले ग्रेड वृद्धि गर्न मौका परीक्षा दिने निर्णय भएको छ


गाउँमै इन्जिनियरिङ्ग कक्षा उपलब्ध

जेठ १६,काठमाडौं । सिन्धुपाल्चोकका युवाहरुले उच्च शिक्षा अध्यन गर्नको लागि अब जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सिन्धुपाल्चोकको थुम्पाखर गा.वि.स मा रहेको महेन्द्रोदय उच्च मा.वि ले सिभिल इन्जिनियरिङ्गको कक्षा सञ्चालनमा ल्याएको छ ।


शिक्षामा प्रबिधी र मानवीय संवेदना समावेश हुनु पर्छ :शिक्षा मन्त्री पोखरेल

जेठ १४, भक्तपुर । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई सीप, प्रविधि र मानवीय संवेदनासँगै अगाडि बढाउनुपर्ने बताउनुभएको छ । शुक्रबार भक्तपुरको गठ्ठाघरमा आस्था महिला विद्यालयको आठौ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले अहिलेका नागरिकमा संवेदना हराउदै गएकाले शिक्षालाई मानवीय संवेदनासँग जोडेर लैजानु पर्ने बताउनुभएको हो । शिक्षा मन्त्रालयले व्यावसायीक प्रविधि र रोजगारमुलक शिक्षाका लागि छुट्टै संरचना बनाउन लागेको बताउनुभयो । नीति निर्माता र सरकारी कर्मचारीले सामुदायीक विद्यालय मै आफ्ना छोराछोरी पढाउनु पर्नेमा जोड दिदै उहाँले यसो गरेमा मात्रै सार्वजनिक विद्यालयको चित्र बदलिने बताउनुभयो । सामुदायिक विद्यालयलाई राजनीतिबाट मुक्त


११ र १२को परीक्षा तयारी पूरा

वैशाख१८, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ र १२ को परीक्षा तयारी पूरा भएको जनाएको छ । परिषद्ले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा तयारीबारे जानकारी दिएको हो।


राजधानीमै पाठ्यपुस्तक अभाव

बैशाख ९। काठमाडौं । शिक्षा मन्त्रालयले मुलुकभर राष्ट्रिय पाठ्यपुस्तक अभियान सञ्चालन गरिरहँदा राजधानीकै सामुदायिक विद्यालयका विद्यार्थीले भने पुस्तक अभावका कारण पढ्न पाएका छैनन् । मन्त्रालयले वैशाख ५ गते राष्ट्रिय पाठ्यपुस्तक दिवस मनाएर मुलुकभर अभियान सञ्चालन गरिरहेको छ ।


एसएलसी परीक्षा तयारी अन्तिम चरणमा

परीक्षा नियन्त्रण कार्यलयले जनायअनुसार यस बर्षको एसएलसी परीक्षाको तयारी अन्तिम चरणमा पुगेको छ।आगामी चैत्र १८ बाट सन्चालन हूने परीक्षाका लागी उत्तरपुस्तीकाहरु सम्पुर्ण जील्लाहरुमा पठाइसकीयको छ। यो बर्ष देशभरीका १ हजार ४४३ परीक्षाकेन्द्र बाट करीब ७ लाख बिधार्थि परीक्षामा सामेल हुनेछन।


तनहुमा पहिलो धार्मिक महोत्सव सुरु

गन्तव्य नेपाल न्यूज/ तनहुँको आदिकवि भानुभक्त क्याम्पसमा आयोजित धार्मिक एवं शैक्षिक महोत्सव २०७२ को राष्ट्रपति विधादेवी भण्डारीले उद्घाटन गरेकी छिन् । सात दिनेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटनका अवसरमा राष्ट्रपति भण्डारीले उच्चशिक्षामा अन्तर्राष्ट्रियकरण भएकाले नेपालका उच्च शैक्षिक संस्थालाई थप चुनौति थपिएको बताइन् ।


एसएलसी परीक्षा चैत १८ देखि हुने

गन्तव्य नेपाल न्यूज/काठमाडौँ एसएलसी परीक्षा आगामी चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय भएको छ । परीक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको छ । यसअघि चैत पहिलो हप्तादेखि नै एसएलसी परीक्षा सुरु हुने गर्दथ्यो ।


एसएलसी दिने विद्यार्थीलाई मोबाइल एप्स र इन्टरनेटबाट पढाइने

गन्तव्य नेपाल न्यूज/काठमाडौँ कक्षा १० का विद्यार्थीहरुले अब मोवाईल एप्स तथा इन्टरनेटमार्फत पढ्न पाउने भएका छन् । सरकारले समय नमिल्ने कक्षा १० का विद्यार्थीका लागि लक्षित गरेर उक्त व्यवस्था ल्याउन लागेको हो ।


एसएलसीमा ‘डी’ र सोभन्दा कम ग्रेड ल्याउनेले पुनः परीक्षा दिन पाउने

गन्तव्य नेपाल न्यूज/काठमाडौँ लेटर ग्रेडिङ प्रणाली (अक्षराङ्कन पद्धति) अनुसार डि र डिभन्दा तल्लो ग्रेड प्राप्त गरेको विद्यार्थीले कुनै दुई वा त्योभन्दा बढी विषयमा माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहेमा पुनः अर्को वर्षको एसएलसी परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।


बौद्धिक सम्पत्ति संरक्षण नीति बनाउने तयारी गर्दै उद्योग मन्त्रालय

गन्तव्य नेपालन्यूज/काठमाडौँ सरकारले मुलुकमै पहिलोपटक बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी नीति बनाउने तयारी गरेको छ । सो नीति बनाउन उद्योग मन्त्रालयको पहलमा उद्योग, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिवहरु सदस्य सम्मिलित एक सचिव स्तरीय सुझाव समिति गठन भएको छ ।


तारुकामा विपी प्राविको निर्माण सम्पन्न, स्थानियहरु खुसिले गद्गद (फोटोफिचरसहित)

गन्तव्य नेपाल न्यूज/काठमाडौँ एक महिनाअघिदेखि निर्माण थालिएको नुवाकोट तारुकास्थित विपी प्राविको निर्माण कार्य सम्पन्न भएको छ । गत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै उक्त विद्यालय विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरियो । वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवी मोहन लम्सालको संयोजनमा स्विस नागरिक बर्नहार्ट बुलर नेतृत्वको टोलीले उक्त विद्यालयको निर्माण गरेको हो ।


त्रिविको शैक्षिक अवस्थाप्रति राष्ट्रपति चिन्तित

सुवास भट्ट/काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभूवन विश्वविद्यालयको खस्कँदो शैक्षिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । त्रिविको एकचालिसौँ दिक्षान्त समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले समग्र शिक्षाप्रणालीमा प्रशस्त समस्याहरु देखिएको बताउँदै शैक्षिक गुणस्तर र उपलब्धी हासिल गर्न सरोकारवाला सबैलाई आह्वान गर्नुभयो ।


भारतीय बोर्डका स्कुल खारेज गरिँदै

गन्तव्य नेपाल न्यूज/काठमाडौँ सरकारले अवैधानिक रुपमा देशका विभिन्न स्थानमा सञ्चालित भारतीय विद्यालयहरु खारेजी गर्ने तयारी गरेको छ । भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सिबिएसई) अन्तर्गतका अनुमती बिना सञ्चालित विद्यालयहरुले पटक –कानुनी प्रावधान नटेरेपछि शिक्षा मन्त्रालयले खारेजी गर्ने तयारी गरेको हो । विभिन्न १४ वटा विद्यालय खारेज गर्न मन्त्रालयले तयारी गरेको छ ।


सर्वोच्चले त्रिविलाई बोलायो

गन्तव्य नेपाल न्यूज/काठमाडौँ नियमविपरीत करार शिक्षकलाई स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको विज्ञापनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार अदालतमा बोलाएको छ ।


एसएलसी पूरक परिक्षाको नतिजा सार्वजनिक

एसएलसी पूरक परिक्षाको परिक्षाफल बिहीबार सावृजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकका छन् ।


कक्षा १२ को विज्ञान सङ्कायमा ७१.६५ प्रतिशत विद्यार्थी उत्तीर्ण

भदौ ११, भक्तपुर । कक्षा १२ को विज्ञान सङ्कायमा ७१ दशमलव ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीले शुक्रवार कक्षा १२ को विज्ञान सङ्कायको परीक्षाफल सार्वजनिक गर्दै नियमिततर्फ ३७ हजार ९ सय ९८ परीक्षार्थी रहेकामा २७ हजार २ सय २७ जना परीक्षार्थी उत्तीर्ण भएको जानकारी दिएको छ ।


पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिन माग, मुद्रण महासंघद्धारा आन्दोलनको चेतावनी

काठमाडौं, भदौ २ । नेपाल मुद्रण उद्योग महासंघले पाठ्यपुस्तक छपाइको जिम्मा साझा र जनक शिक्षालाई दिने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्ने जनाएको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएको हो ।


विद्यालयका कक्षा कोठा मर्मतका लागि सहयोग गर्न छलफल

ललितपुर, साउन २६ गते । ललितपुरको मङ्गलबजारस्थित आदर्श कन्या निकेतन अलुम्नीद्वारा गत वैशाखमा गएको भूकम्पबाट क्षतिग्रस्त भएका सो विद्यालयका कक्षा कोठा मर्मतका लागि सहयोगार्थ हिजो यहाँ छलफल कार्यक्रमको आयोजना गरियो ।


स्थायी अध्यापन अनुमतिपत्र प्रदान गरिने

अस्थायी अध्यापन अनुमतिपत्र लिएका शिक्षकहरुलाई स्थायी अध्यापन अनुमतिपत्र प्रदान गरिने भएको छ ।शिक्षक सेवा आयोगले २०६८ सालमा अस्थायी अध्यापन अनुमतिपत्र लिएका शिक्षकहरुलाई स्थायी अध्यापन अनुमतिपत्र दिने निर्णय गरेको छ ।


दरबार हाइस्कुल पहिलेकै स्वरुपमा निर्माण गरिने

काठमाडौँ, साउन २५ गते । सबैभन्दा पुरानो विद्यालय दरबार हाइस्कुल (भानु मावि)लाई यथावत स्वरुपमा पुनःनिर्माण गरिने भएको छ । भूकम्पका कारण क्षतिग्रस्त भएका विद्यालयहरुमध्ये दरबार हाइस्कुलको नक्सा तयार गर्न थालिएको छ ।


तेह्र विद्यालयमा पुस्तकालय र प्रयोगशाला स्थापना

प्यूठान, साउन २५ गते । गुणस्तरीय शिक्षण सिकाइ क्रियाकलापअन्तर्गत जिल्लाका १३ वटा विद्यालयमा आधुनिक विज्ञान प्रयोगशाला र पुस्तकालय स्थापना भएका छन् ।


स्नातक तह द्वितीय वर्षको परीक्षा स्थगित

जुम्ला, साउन २५ गते । सङ्घीय संरचनामा कर्णालीको अस्तित्व मेट्न खोजेको भन्दै कर्णालीवासी आन्दोलित भएका छन् ।सीमाङ्कन निर्धारण गर्दा कर्णालीको अस्तित्व मेटिएको भन्दै पाँचवटै जिल्लामा आन्दोलन भइरहेको संयुक्त सङ्घर्ष समिति जुम्लाले जनाएको छ ।


विद्यार्थी अभावका कारण तनहुँका अठार सामुदायिक विद्यालय बन्द

दमौली, साउन २२ गते । आर्थिक वर्ष २०७१/७२ मा विद्यार्थी अभावका कारण तनहँुका १८ वटा सामुदायिक विद्यालय बन्द भएका छन् । संस्थागत विद्यालयतर्फको अङ्ग्रेजी माध्यमको पढाइतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भई ती विद्यालय बन्द भएका हुन् ।


खानाको जोहो नहुँदा विपन्नका बालबालिका विद्यालय जाँदैनन्

चितवन, साउन २२ गते । विद्यालय जाने उमेर पुगेका चितवनका विपन्न वर्गका बालबालिकालाई विद्यालय पठाउन समस्या देखिएको छ ।


विद्यार्थी अभावका कारण तनहुँका अठार सामुदायिक विद्यालय बन्द

दमौली, साउन २२ गते । आर्थिक वर्ष २०७१/७२ मा विद्यार्थी अभावका कारण तनहँुका १८ वटा सामुदायिक विद्यालय बन्द भएका छन् । संस्थागत विद्यालयतर्फको अङ्ग्रेजी माध्यमको पढाइतर्फ विद्यार्थीको आकर्षण बढ्न थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भई ती विद्यालय बन्द भएका हुन् ।


शिक्षकद्धारा आन्दोलनको चेतावनी

काठमाडौँ, साउन २० गते । राजनीतिक दलका नेताहरुले शिक्षा मन्त्रालयले शिक्षकका माग सम्बोधन गर्न वेवास्ता जनाएको आरोप लगाउनुभएको छ ।


त्रिविमा चार वर्षे बीएड

काठमाडौँ, साउन २० गते । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षबाट शिक्षाशास्त्र विषयमा चार वर्षे स्नातक तह (बीएड)को पठनपाठन सुरु गर्ने भएको छ ।


पन्ध्र विद्यालयमा पुस्तकालय स्थापना

बागलुङ, साउन १९ गते । गुणस्तरीय शिक्षामा सहयोग पु¥याउन बागलुङ जिल्लाका १५ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । जिल्ला शिक्षा कार्यालयको अनुदान सहयोगमा चालु आवमा १५ वटा पुस्तकालय स्थापना गरिएको हो ।


अष्ट्रेलियाको डिकेईन विश्वविद्यालयद्धारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा

साउन , काठमाडौं (अस) । विदेश अध्ययनका लागि नेपाली बिद्यार्थीको पहिलो रोजाईमा पर्ने देश अष्ट्रेलियाको डिकेईन विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि ‘भाइस चान्सलर मेरिटोरीयस छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ ।


विद्यार्थी थोरै भएका र कम दूरीमा रहेका विद्यालय गाभिंदा ४१७ विद्यालय घटे

साउन , काठमाडौँ । विद्यार्थी कम भएका र कम दूरीमा रहेका विद्यालय एक आपसमा गाभ्ने सरकारी नीतिपछि कुल विद्यालयको सङ्ख्यामा ४ सय १७ ले कमी आएको छ ।


उत्कृष्ट सामुदायिक विद्यालय, विद्यार्थी र अवकाश शिक्षकलाई सम्मान

भक्तपुर, साउन गते । सामुदायिक विद्यालयतर्फ २०७१ सालको एसएलसी परीक्षामा उत्कृष्ट भएका भक्तपुरका सामुदायिक विद्यालय, उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई शुक्रबार यहाँ सम्मान गरिएको छ ।


अस्थायी शिक्षकको बिदाइका लागि ‘सहुलियतपूर्ण अवकाश’ को प्रस्ताव

असार , काठमाडौँ । लामो समयदेखि अस्थायी नियुक्तिमा कार्यरत शिक्षकका लागि सहुलियतपूर्ण अवकाश दिन शिक्षा मन्त्रालयले प्रस्ताव अघि सारेको छ ।


कलेज छनोटमा सघाउन र परामर्श दिन नवौँ शैक्षिक मेला शुरु

असार , काठमाडौँ । स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई कलेज छनोटमा सघाउन र परामर्श दिन आयोजित नवौँ संस्करणको शैक्षिक प्रदर्शनी विहीबारदेखि प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा शुरु भएको छ ।


स्नातकमा विषय थप्ने तयारी गर्दै प्रिमियर कलेज

प्रिमियर कलेजले स्थापनादेखि उच्च माध्यमिक तहमा विज्ञान, व्यवस्थापन र मानविकी सङ्काय सञ्चालन गर्दै आएको छ । स्थापना भएको १५ वर्ष अवधिमा कलेजले आईएसओ सर्टिफिकेट पाइसकेको छ । त्यस्तै, कलेजलाई बेलायतको विश्वविद्यालयले ‘बीएन प्राडा सर्टिफिकेशन बडी’ प्रदान गरेको छ ।


एसएलसीपछिको योजना

काठमाडौं । एसएलसीमा ८४ प्रतिशत ल्याई उत्तीर्ण भएकी एना महर्जन मेडिकल शिक्षासँगै पत्रकारिता पढ्ने योजनामा छिन् । उनले प्लस टूमा विज्ञान सङ्काय पढ्ने निर्णय गरेकी छिन् । मेडिकल क्षेत्रमा आफ्नो भविष्य बनाउने सोच राखकी उनले समयानुकूल विषयलाई ध्यानमा राखी त्यसैअनुसारको योजना बनाउने विचार गरेकी हुन् ।


स्तरीय शिक्षामा समर्पित बर्नहार्ड्ट

काठमाडौंको बल्खुस्थित बर्नहार्ड्ट कलेजले व्यवस्थापन र विज्ञान सङ्काय अध्यापन गर्दै आएको छ । १५ वर्षभन्दा लामो शिक्षण अनुभव भएका पाँचजना संस्थापकद्वारा स्थापित यस कलेजमा सबै शिक्षक पूर्णकालीन रहेको उप–प्रधानाध्यापक पुरुषोत्तम विष्टले बताए ।


भूकम्पपीडितलाई साउथ वेष्टर्न कलेजमा शतप्रतिशत छात्रवृत्ति

साउथ वेष्टर्न कलेजले यो वर्ष ५ सय ४० विद्यार्थीका लागि कक्षा ११ मा भर्ना खुला गरेको छ । ५ वर्षअघि स्थापना भएको कलेजमा नर्सरीदेखि पीएचडी लेभलसम्मको अध्यापन हुने गरेको उपप्रधानाध्यापक हरि सिंह केसीले बताए । दिउँसो मात्र पढाइ हुने उच्चमावि तहको विज्ञान सङ्कायमा २ सय ८० जना विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।


उत्कृष्ट नतीजाका लागि जेभिएर इण्टरनेशनल

कालोपुलमा रहेको जेभिएर इण्टरनेशनल कलेजले कक्षा ११ का लागि भर्ना शुरू गरेको छ । ६ वर्षदेखि सञ्चालित कलेज हरेक वर्ष ९५ प्रतिशतभन्दा बढी विद्यार्थी उतीर्ण गराउन सफल रहेको उप–प्रधानाध्यापक सुजन बस्नेतले बताए । उनले भने, ‘२०५७ सालमा स्थापना भएको जेभिएर इण्टरनेशनल उत्कृष्ट नतीजा र अनुशासित शैक्षिक वातावरणका लागि परिचित कलेज हो ।


सामुदायिकलाई पहिलो रोजाइको विद्यालय बनाइने : शिक्षामन्त्री

असार ११, काठमाडौँ । शिक्षामन्त्री चित्रलेखा यादवले सामुदायिक विद्यालयलाई पहिलो रोजाइको विद्यालय बनाउनेतर्फ शिक्षा मन्त्रालय अघि बढेको बताएकी छिन् ।सरकारको लगानी भएका सामुदायिक विद्यालयको स्तर खस्किएको गुनासो आइरहेको सन्दर्भमा शिक्षामन्त्री यादवले ७५ ओटै जिल्लामा नमुना आवासीय सामुदायिक विद्यालय बनाउने योजना रहेको तर स्रोतसाधन पर्याप्त नभएको जनाएकी छिन् ।


शिक्षा मन्त्रीलाई प्राध्यापकहरुको दबाब

शिक्षा मन्त्रीलाई प्राध्यापकहरुको दबाब काठमाडौँ, असार ७ गते । शिक्षा मन्त्री चित्रलेखा यादवले शैक्षिक क्षेत्रमा राजनीतिक नियुक्ति गर्दा सम्बन्धित सङ्घ सङ्गठनसँग समन्वय गरेर गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आज राजधानीमा गरेको अन्तरसंवाद कार्यक्रममा शिक्षा मन्त्री यादवले शिक्षा क्षेत्रमा हुने नियुक्ति शैक्षिक सङ्घ सङ्गठनको सिफारिसका आधारमा गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।


कक्षा ११ को परीक्षा आजबाट शुरु

असार १, काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षा असार १ बाट शुरु गरेको छ परीक्षामा सातओटा जिल्ला बाहेकका करीव ३ लाख ५० हजार परीक्षार्थी सामेल भएको उच्चशिक्षा परिषदले जानकारी दिएको छ ।


असार पहिलो साता एसएलसीको नतिजा आउने

, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७१ सालको प्रवेशिका परीक्षाको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने जानएको छ ।गत वर्ष जेठ ३० गते प्रवेशिका परीक्षाको नतिजा सार्वजनिक गरेको कार्यालयले यस वर्ष वैशाख १२ गतेको भूकम्प र पराकम्पनका कारण प्राविधिक समस्या आएकाले परीक्षाफल सार्वजनिक गर्न केही दिन ढिलो हुने भएको हो ।


पूर्वाञ्चलका २ हजार सामुदायिक विद्यालयमा क्षति

धनकुटा । वैशाख १२ र २९ गते आएको विनाशकारी भूकम्पले पूर्वाञ्चल विकास क्षेत्रका २ हजार २३ ओटा सामुदायिक विद्यालयका भवनमा क्षति पुर्याएको छ ।


बागलुङका ४५५ विद्यालयमा क्षति

बागलुङ । वैशाख १२ र २९ गते गएको भूकम्पले बागलुङका ४५ प्रतिशत सरकारी विद्यालयमा क्षति पुगेको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार २ सय ४० विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।


सुर्खेतमा साढे २५ करोडको क्षति

सुुर्खेत (अस) । भूकम्पका कारण सुर्खेतका ८५ ओटा विद्यालयमा रू. २५ करोडभन्दा बढीको भौतिक क्षति भएको छ । ९५ ओटा पूर्ण क्षति, ७२ ओटा आंशिक र तीनओटा बस्न नमिल्ने गरी १ सय ७० ओटा कक्षाकोठामा क्षति भएको जिल्ला शिक्षा अधिकारी दीपा हमालले जानकारी दिइन् । विद्यालयसँगै जिल्ला शिक्षा कार्यालयको तीनतले भवनका कोठाहरू चर्केकाले हाल तल्लो तलाबाट कामकारबाही सञ्चालन भइरहेको छ । पूर्ण क्षति पुगेका विद्यालयका कक्षाकोठामा अहिले त्रिपालमा राखेर पढाइ शुरू गरिएको छ । सरकारले क्षतिग्रस्त विद्यालयलाई निश्चित रकम दिने भनिए त्यसले कक्षाकोठा मर्मत गर्न नसकिने सम्बद्ध विद्यालयका शिक्षकहरूले गुनासो गरेका छन् । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, दाप्चा साजगैरा सहारेका प्रधानाध्यापक गोवद्र्धन चौधरीले त्रिपालमा पढाइ शुरू भएकाले कक्षाकोठा निर्माणका लागि पर्याप्त आर्थिक सहयोग आवश्यक भएको बताए । भूकम्पबाट प्रभावित तथा क्षति भएका विद्यालयको अभिलेख आउने क्रम अझै जारी छ । भौगोलिक कठिनाइ, गाविसको सिफारिश तथा प्रहरी मुचुल्का जस्ता प्राविधिक समस्याका कारण पूरा तथ्याङ्क आउन अझै १ महीना लाग्ने उनको भनाइ छ ।


खारामा निःशुल्क र अनिवार्य शिक्षा

कुम (अस) । रुकुमको खारा गाविस निःशुल्क तथा अनिवार्य शिक्षायुक्त गाविस घोषणा गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, बालसरोकार केन्द्र रुकुमको सहजीकरण र खारा गाविस कार्यालयको आयोजनामा सो घोषणा गरिएको गाविस सचिव रुद्र देवकोटाले जानकारी दिए ।


खारामा निःशुल्क र अनिवार्य शिक्षा

कुम (अस) । रुकुमको खारा गाविस निःशुल्क तथा अनिवार्य शिक्षायुक्त गाविस घोषणा गरिएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, बालसरोकार केन्द्र रुकुमको सहजीकरण र खारा गाविस कार्यालयको आयोजनामा सो घोषणा गरिएको गाविस सचिव रुद्र देवकोटाले जानकारी दिए ।


निजी बिद्यालयले लिने शुल्कमा बिद्यार्थी सङ्गठनको बिरोध, आन्दोलन नै गर्ने

जेठ १९, काठमाडौँ । निजी विद्यालयले भूकम्पका कारण पढाइ नभएको अवधिको पनि शुल्क लिने निर्णय गरेपछि त्यसरी शुल्क माग्ने विद्यालयविरुद्ध विद्यार्थी सङ्गठनले आन्दोलन गर्ने तयारी गरेका छन् । उनीहरुले विपत्तिको सामना गर्न परिरहेका बेला निजी विद्यालयले मौकाको फाइदा उठाउन खोजेको आरोप लगाएका छन् ।


डरका बीच आजदेखि विद्यालय सञ्चालनमा

जेठ १७, काठमाडौँ । भूकम्पका कारण बिदा रहेका विद्यालयहरू आइतबारदेखि सञ्चलनमा आएका छन् । गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ र वैशाख १३ र २९ गतेको शक्तिशाली परकम्पका कारण झण्डै एक महीना विद्यालय बन्द भएका थिए ।


भूकम्प प्रभावित सात जिल्लाको परीक्षा सम्बन्धित जिल्लाको सिफारिसमा तय गरिने

जेठ ५, काठमाडौँ । उच्चमाध्यमिक शिक्षा परिषद्ले भूकम्प प्रभावित विभिन्न सात जिल्लाको कक्षा ११ र १२ को परीक्षा त्यहाँको जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा तय गर्ने भएको छ । परिषद्ले सोमबार ६८ जिल्लाको परीक्षा तालिका सार्वजनिक गरे पनि भूकम्पले धेरै क्षति पु¥याएका गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको परीक्षा तालिका सार्वजनिक गरेको थिएन ।


दोलखामा शिक्षा र स्वास्थ्यले बनाए आपत्कालीन कार्ययोजना

दोलखा । गत वैशाख १२ गतेको महाभूकम्प तथा २९ गतेको शक्तिशाली पराकम्पनपछि दोलखाको जनजीवन सामान्य हुनुअगावै शिक्षा र स्वास्थ्य कार्यालयले आपत्कालीन कार्ययोजना सार्वजनिक गरेका छन् । भूकम्पले दोलखाका अधिकांश विद्यालयको भौतिक संरचना ध्वस्त बनाएपछि ६० हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । सोहीकारण जिल्लाको शैक्षिक वातावरण बिग्रिन नदिन शिक्षा कार्यालयले आपत्कालीन कार्ययोजना अघि सारेको जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले बताए । दोलखामा ग्रामीण भेगका ९५ प्रतिशत विद्यालय भवनका साथै शौचालय, खानेपानीलगायत पूर्वाधार नष्ट भएको प्रारम्भिक अनुमान छ ।


दोलखामा शिक्षा र स्वास्थ्यले बनाए आपत्कालीन कार्ययोजना

दोलखा । गत वैशाख १२ गतेको महाभूकम्प तथा २९ गतेको शक्तिशाली पराकम्पनपछि दोलखाको जनजीवन सामान्य हुनुअगावै शिक्षा र स्वास्थ्य कार्यालयले आपत्कालीन कार्ययोजना सार्वजनिक गरेका छन् । भूकम्पले दोलखाका अधिकांश विद्यालयको भौतिक संरचना ध्वस्त बनाएपछि ६० हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । सोहीकारण जिल्लाको शैक्षिक वातावरण बिग्रिन नदिन शिक्षा कार्यालयले आपत्कालीन कार्ययोजना अघि सारेको जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले बताए । दोलखामा ग्रामीण भेगका ९५ प्रतिशत विद्यालय भवनका साथै शौचालय, खानेपानीलगायत पूर्वाधार नष्ट भएको प्रारम्भिक अनुमान छ ।


दोलखामा शिक्षा र स्वास्थ्यले बनाए आपत्कालीन कार्ययोजना

दोलखा । गत वैशाख १२ गतेको महाभूकम्प तथा २९ गतेको शक्तिशाली पराकम्पनपछि दोलखाको जनजीवन सामान्य हुनुअगावै शिक्षा र स्वास्थ्य कार्यालयले आपत्कालीन कार्ययोजना सार्वजनिक गरेका छन् । भूकम्पले दोलखाका अधिकांश विद्यालयको भौतिक संरचना ध्वस्त बनाएपछि ६० हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । सोहीकारण जिल्लाको शैक्षिक वातावरण बिग्रिन नदिन शिक्षा कार्यालयले आपत्कालीन कार्ययोजना अघि सारेको जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले बताए । दोलखामा ग्रामीण भेगका ९५ प्रतिशत विद्यालय भवनका साथै शौचालय, खानेपानीलगायत पूर्वाधार नष्ट भएको प्रारम्भिक अनुमान छ ।


दोलखामा शिक्षा र स्वास्थ्यले बनाए आपत्कालीन कार्ययोजना

दोलखा । गत वैशाख १२ गतेको महाभूकम्प तथा २९ गतेको शक्तिशाली पराकम्पनपछि दोलखाको जनजीवन सामान्य हुनुअगावै शिक्षा र स्वास्थ्य कार्यालयले आपत्कालीन कार्ययोजना सार्वजनिक गरेका छन् । भूकम्पले दोलखाका अधिकांश विद्यालयको भौतिक संरचना ध्वस्त बनाएपछि ६० हजारभन्दा बढी विद्यार्थीको पढाइ प्रभावित भएको छ । सोहीकारण जिल्लाको शैक्षिक वातावरण बिग्रिन नदिन शिक्षा कार्यालयले आपत्कालीन कार्ययोजना अघि सारेको जिल्ला शिक्षा अधिकारी लोकबहादुर लोप्चनले बताए । दोलखामा ग्रामीण भेगका ९५ प्रतिशत विद्यालय भवनका साथै शौचालय, खानेपानीलगायत पूर्वाधार नष्ट भएको प्रारम्भिक अनुमान छ ।


जेठ १५ सम्म विद्यालय बन्द

जेठ १५ सम्म विद्यालय बन्द वैशाख ३० काठमाडौँ, । शिक्षा मन्त्रालयले भूकम्पबाट अति प्रभावित जिल्लामा आगामी जेठ १५ गतेसम्म पठनपाठन बन्द गराएको छ । यसअघि जेठ १ गतेदेखि पहिले विद्यार्थीलाई मनोपरामर्श दिई विद्यालय खोल्ने तयारी भइरहेका बेला आजको भूकम्पको धक्कापछि मन्त्रालयले विदाको अवधि थपेको हो । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालका अनुसार अति प्रभावित १४ जिल्लामा १५ गतेसम्म पढाइ बन्द गराउने र अन्य जिल्लामा क्षतिको विवरण हेरी जिल्ला दैवी प्रकोप उद्धार समितिको निर्णयका आधारमा जिल्ला शिक्षा कार्यालयले निर्णय गर्नेछ । नयाँ शैक्षिक सत्र हरेक वैशाख पहिलो हप्तादेखि शुरु हुने प्रचलन छ ।


जेठबाट विद्यालय नियमित सञ्चालन

जेठबाट विद्यालय नियमित सञ्चालन काठमाडौं ९अस० । वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण बन्द भएका विद्यालयहरू जेठ १ गतेदेखि सञ्चालन हुने भएका छन् । भूकम्पले भौतिक तथा मानवीय क्षति भएपछि वैशाख महीनाभर सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने सरकारले निर्णय गरेको हो । नेपालको भूकम्प प्रभावित क्षेत्रका ९५ प्रतिशत विद्यालयका भवन क्षतिग्रस्त भएका छन् । त्यसमध्ये कतिपय भवन पूर्ण ध्वस्त भएकाले विद्यालय बन्द गर्नुपरेको एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले बताए । तर, पठनपाठन र विद्यार्थीको मनोविज्ञानमा असर नपरोस् भनेर जेठबाट कक्षा सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।


भूकम्पमा ३१ जना शिक्षकले ज्यान गुमाए

भूकम्पमा ३१ जना शिक्षकले ज्यान गुमाए काठमाडौं । भूकम्पमा परी ३१ जना शिक्षकको मृत्यु भएको शिक्षा विभागले जानकारी दिएको छ । सोमवारसम्मको तथ्याङ्कअनुसार मृत्यु हुने शिक्षकहरूमा सिन्धुपाल्चोकका १२, नुवाकोटका १०, धादिङका पाँच र गोरखाका चारजना छन् । यकिन तथ्याङ्क आउन बाँकी रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने विभागको भनाइ छ । मृत्यु भएका शिक्षकको स्थानमा अन्य शिक्षकको व्यवस्था सम्बन्धित जिल्ला शिक्षा कार्यालयले गर्ने विभागले बताएको छ ।


‘ई–लाइब्रेरी’ सञ्चालनमा आएन

‘ई–लाइब्रेरी’ सञ्चालनमा आएन धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा ४ वर्षअघि स्थापना भएको आधुनिक विद्युतीय पुस्तकालय ९ई–लाइब्रेरी० अझै सञ्चालनमा आएको छैन । २० लाख रुपैया“ लगानीमा स्थापना भएको ई–लाइब्रेरी सञ्चालनमा नआउँदा पाठकलाई समस्या भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सन् २०११ मै बहुमुखी क्याम्पसमा १६ थान कम्प्युटर र इण्टरनेट उपकरणको व्यवस्था गरिएको थियो । ई–लाइब्रेरी सञ्चालनमा नआए पनि इण्टरनेटबापत वार्षिक १ लाख ८ हजार रुपैयाँ नेपाल टेलिकमलाई बुझाउँदै आएको क्याम्पस प्रमुख निरञ्जन वस्तीले बताए ।


विद्यार्थीलाई खेलको माध्यमबाट पढाउन ः जिशिका गोरखाको निर्देशन

गोरखा । बाल विकास कक्षामा भर्ना भएका विद्यार्थीलाई खेलको माध्यमबाट सिकाउन जिल्ला शिक्षा कार्यालय, गोरखाले निर्देशन दिएको छ । चक, डष्टरमा केन्द्रित शिक्षण सिकाइ विधिभन्दा खेल तथा सङ्गीतका माध्यमबाट पढाउन कार्यालयले निर्देशन दिएको हो । ‘किताबको पाठ जस्ताको त्यस्तै घोकाएर सिकाइ उपलब्धि हासिल हुँदैन,’ सहायक जिल्ला शिक्षा अधिकारी नवराज पौडेलले भने, ‘खेल खेलाउँदै पढाउँदा सिकाइ प्रभावकारी हुन्छ । र, विद्यार्थीले पनि विषयवस्तुबारे छिट्टै बुझ्छन् ।’ ।


शिक्षण सिकाई उपलब्धि न्यून

टिभी नहेर्ने विद्यार्थीको भन्दा दुई घन्टासम्म टिभी हेर्नेको सिकाइ उपलब्धि राम्रो चैत १९, भक्तपुर । शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमी भक्तपुरले विद्यार्थी सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण २०१३ को मस्यौदा प्रतिवेदन बुधबार सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै परीक्षण केन्द्रका सहसचिव लेखनाथ पौडेलले नेपाली विषय सामान्य मात्र तथा गणित र विज्ञान विषयको सिकाइ उपलब्धि न्यून रहेको पाइएको बताए । औसत सिकाइ उपलब्धि नेपालीमा ४८ प्रतिशत, गणितमा ३५ प्रतिशत र विज्ञानमा ४१ प्रतिशत रहेको पाइएको छ भने गणितमा शिक्षण सिकाइ उपलब्धी न्यून रहेको छ ।


३ हजारभन्दा बढि शिक्षक दरबन्दी खुल्ला

काठमाडौं । शिक्षक सेवा आयोगले ३ हजार १ सय ८६ शिक्षकका लागि नयाँ दरबन्दी खुला गरेको छ । सो दरबन्दी देशभरका निम्न माध्यमिक तह र माध्यमिक तहका लागि आह्वान गरिएको हो । आयोगले २०७२ वैशाख २३ गतेदेखि १ महीना फारम भर्ने म्याद तोकेको छ । उक्त अवधिमा फारम भर्न नसक्नेले दोब्बर दस्तुर तिरेर वैशाख ३० गतेसम्म भर्न सक्नेछन् । माध्यमिक र निम्न माध्यमिक तहमा गरी अहिले देशभर ३ हजार २ सय ४९ शिक्षक पद रिक्त छ । तर, आयोगले मावि तहमा १ हजार ३ सय २६ र निमावि तहमा १ हजार ८ सय ६० पदका लागि दरबन्दी खुला गरेको छ । शिक्षा विभागले पठाएको विवरणभन्दा माविमा ५९ तथा निमाविमा चार पद कमको मात्रै दरबन्दी खुला गरिएको छ । उक्त पदका लागि आयोगले असार ११ गते माध्यमिक र १२ गते निम्नमाध्यमिक तहको परीक्षा निर्धारण गरेको छ ।


टान चरम आर्थिक संकटमा फस्दै जानुमा मुख्य दोषि को ?

मागेर भोजभतेर गर्नेले फूर्ति गर्न मिल्दैन

मागीमागी छोराको बिहे गर्दा जुन खालको परिस्थितिको सामना गर्नुपर्छ, ठीक यही ढंगको समस्या टानले वर्तमानमा बेहोरिरहेको छ । टानको क्रियाकलाप हेर्दा व्यवसायीको उत्थानभन्दा पनि एनजियो शैलीमा प्रचारमुखी र उत्तेजनामा टान नेतृत्व अगाडि बढिरहेको छ । अन्धाधुन्ध कार्यक्रम आयोजना गर्दै संस्थालाई आर्थिक घाटा लगाएर व्ययभार बढाउनु भएन । कुहिरोमा हराएको कागजस्तै टानले आफ्नो लक्ष्य र दिशा पहिचान गर्न नसक्दा ठूलो आर्थिक ऋणमा फस्न गएको अवस्था हो ।

वर्तमानमा व्यावसायिक संस्थाको बीचमा टानको गरिमा भन्दा बेइज्जत भएको छ । व्यवसायीको पीरमर्का र भावनालाई आत्मसाथ नगर्ने र कार्यसमितीभित्र छलफल नै नगर्ने प्रबृत्तिकै कारण आर्थिक भार थपिन गएको कुरामा शंका छैन । संस्थाको सफलतामा कार्यसमितिकै महत्वपूर्ण भूमिका हुने भएपनि टान नेतृत्वले यसलाई गम्भिरताका साथ नलिने र बेलाबखत कार्यसमितिभित्रको विरोध शान्त पार्न आंशिक बजेट परिचालन गर्ने स्थितिकै कारण ऋणको बोझ थपिदै गएको हो ।
उत्तेजनाकै स्वरुपमा केही दिनअघि सम्पन्न टान साधारणसभामा रु ३९ करोडको बजेट टिम्सबापतको रकम भन्दै पर्यटन बोर्डबाट ल्याउने घोषणा भयो । रकम आउनु त सकारात्मक कुरा हो । यद्यपि लेखासमितिले पर्यटन बोर्डलाई टानको आर्थिक हैसियत पारदर्शी नभएको भन्दै कुनै पनि कारोबार नगर्नु भनेको स्थितिमा टिम्सबापतको रकम तत्काल टानले प्राप्त गर्ने स्थीति देख्दिन ।
उत्तेजक योजना होइन, व्यावहारिक हुन सक्नुपर्यो । टान कर्मचारीलाई समयमा तलब खुवाउन नसक्नेले भारी उपदानको चर्चा छाड्नुपर्यो । ट्रेकिङ आफैँमा जोखिमको क्षेत्र हो , पर्वतीय पर्यटन यात्राका दौरान फेरी पनि हुदहुद आँधीजस्ता समस्या सामना गर्नु नपर्ला भन्ने हुँदैन, यस्तोमा वर्तमानको टानको छविले उद्धार तथा राहतको स्थिति सबल हुने सम्भावना एकदमै कम छ । सहयोगी संस्थाको सहयोग नरहन सक्छ । यसर्थ यस किसिमको जोखिमको पूर्व तयारीका लागि टान नेतृत्वले सामूहिक छलफल गरेर नयाँ भिजनका साथ प्रस्तुत हुनुपर्छ । टानको ऋण तिर्न हामी सक्षम छौ । टानको हालत सधँै यही अवस्थामा रहन रहने छैन, अप्ठेरोलाई समाधान गरेरै छाड्छौँ ।

छेटुप तामाङ, प्रबन्ध निर्देशक –अल्टिच्यूट र्यान्डम ट्रेकिङ

यस्तो छ, पर्यटन व्यावसायीको दसैँ शैली

दसैँ मान्न यसपालि गृह जिल्ला धादिङ जाने तयारीमा छु ।   सप्तमीका दिन धादिङ घर पुग्ने कार्यक्रम छ । भूकम्पपछि पुर्ननिर्माण भएको पुर्खौली घरमा परिवारका सदस्यहरुमाझ यस वर्षको दसैँ मनाउने हाम्रो तयारी छ । तीन दाजुभाइमध्ये एक जना विदेशमा हुनुहुन्छ, हामी दुईजना दाजुभाइ, बुबा आमा र परिवारका अन्य सदस्य तथा छोराछोरी र भतिजभतिजीहरु सबै भेला हुँदा साँच्चै रमाइलो अनुभुति हुन्छ । परिवारको संख्या ठूलो भएको र परिवारमा सबैजसो मांसाहारी सदस्यहरु रहेकाले सदा झैँ यस वर्ष पनि ठूलो खसी काट्छौँ । मान्यजनको आर्शिवाद लिने र आफूभन्दा सानालाई टिका लगाइदिने, खानपिनमा परिवारका सदस्यहरुसँगै सहभागी हुन्छौँ ।

सानो छँदा गाँउमा रोटे पिङको चलन थियो । यद्यपि अहिले केही हराएजस्तो भएपनि केटाकेटीहरु त्यसमै झुम्मिएको देख्दा मन फुरङ्ग हुन्छ । दसैँ मान्न गाउँ जाने भएकाले यसपालि पर्यटकहरुलाई टिका लगाउने काम भने हुँदैन । सबै साथीहरुलाई बडादशैको शुभकामना भन्न चाहन्छु ।

 

राजेन्द्र सापकोटा, प्रबन्ध निर्देशक -मोजाइक एड्भेन्चर ट्रेकिङ

पर्यटनमन्त्रीलाई व्यवसायीको सुझाव ?

विदेशी एयरलाइन्सको अनुगमन आवश्यक

– आन्तरिक भ्रमण बर्ष २०७३ लाई सफल पार्न पर्यटन मन्त्रालयले तदारुकता देखाउन जरुरी छ ।
– विदेशी एयरलाईन्सको अनुगमन गर्नु जरुरी छ । सम्बन्धित एयरलाइन्सको जिडिएस सिस्टम सबैले नपाउने अवस्था छ, यसलाई सन्तुलित गर्नुप¥यो ।
– पर्यटन बोर्डमा कर्मचारीको संख्या बृद्धि गरिनु नितान्त आवश्यक छ । आवश्यक कर्मचारी अभावमा व्यवसायीको काम समयमै नभएको प्रति पर्यटन मन्त्रालयको ध्यान जाओस् । यसका साथै पुर्व मेची देखी पश्चिम महाकालीसम्मका पर्यटकीय संभावना बोकेका क्षेत्रलाई उजागर गर्न जरुरी छ ।

 

यम बहादुर खड्का, अध्यक्ष –सोसाइटी अफ ट्राभल एण्ड टुर्स अपरेटर्स

घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ बारे के भन्छन् व्यवसायी ?

प्रचारप्रसारमा कञ्जुस्याई गर्नुहुँदैन

सरकारले कुनै योजना विना नै घुमफिर तथा आन्तरिक भ्रमण वर्ष २०७३ घोषणा ग¥यो । त्यस कारणले पर्यटन व्यवसायी र सरोकारवाला निकायहरु अन्योलमा परेका छन् । घोषणा गरेको जानकारी आम जनमानसमा राम्रोसँग नपुग्दा घोषणा भएको यत्तिका समय वितिसक्दा पनि त्यसको प्रभावकारिता देखिएको छैन । यस अवसरमा देशभित्रका पर्यटकीय गन्तव्यको प्रचारप्रसार गरेर टूर प्याकेजको घोषणा गर्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा प्रचारप्रसार गर्न कञ्जस्याई गर्नु हुदैन ।

ऋषि प्रसाद नेपाल, प्रबन्ध निर्देशक -इन्काउन्टर्स नेपाल डट कम प्रालि

पर्यटन विकास गर्ने सरकारी योजना तपाईलाई कस्तो लाग्यो ?

उत्साहित बनाउने कुरै छैन 

समग्रमा सरकारले आर्थिक वर्ष २०७३÷०७४का लागि ल्याएको नीति तथा कार्यक्रम राम्रो छ । पढ्दा र सुन्दा त लाग्छ नेपाल विकासको गतिमा कहाँ पुगेछ, तर विडम्बना हेर्नुहोला सरकारले ल्याएको यो कार्यक्रम कार्यन्वयन नै हुँदैन । यसले गर्दा मलाई  यो नीति तथा कार्यक्रम आएकोमा खासै उत्साह छैन ।

योजना बनाउनु राम्रो हो । त्यसलाई कार्यन्वयन गर्ने दृढता पनि देखाउनुपर्छ । जस्तो उदाहरणका लागि सरकारले २०१८ लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने घोषणा गरेको छ तर त्यसका लागि आवश्यक पूर्वाधार निर्माणका विषयमा ध्याए दिए जस्तो मलाई लाग्दैन । ०१८ मा होइन ०१९ मा मनाऊ तर त्यसका लागि आवश्यक पूर्वाधारको विकास गरेर । अहिले सबै खालका पर्यटकीय गतिविधिहरु डामाडोल छन् । त्यसले यस्तो परिस्थितिबाट कसरी उकास्ने भन्ने तर्फ हामीले सोच्नुपथ्र्यो । हाम्रो कार्यक्रम र योजनाहरु त्यसतर्फ केन्द्रित हुनुपथ्र्यो ।  महत्वकांक्षी योजनामात्र बनाएर हुँदैन । अहिले हेर्नुुुस् आएका पर्यटकलाई त राम्रो सेवा दिन सकेका छैनौं उनीहरुलाई सुरक्षित महशुस गराउन सकेका छैनौं भने टाउको गनेर मात्र के हुन्छ । त्यसकारण पर्यटक विकास गर्ने हो भने धेरै महत्वकांक्षी योजना मात्र बुन्ने होइन, पाहुनालाई बोलाएर कसरी राम्रो सत्कार गर्ने भन्नेतर्फ पनि सोच्नुपर्छ ।  

एकराज अधिकारी, (सचिव –रेष्टुरेन्ट एन्ड बार एसोसिएशन)

वैशाख १२ लाई कसरी लिएका छन् पर्यटन व्यवसायीले ?

अन्तर्राष्ट्रिय संचारमाध्यलाई नेपाल झिकाउ

    बैशाख १२ को भूकम्पले हामीलाई  विनाश गर्‍यो र त्यहीअनुसार हामीले पुर्ननिर्माणको काम पनि थालनी गर्‍यौ । त्यसकारण यो दिनलाई  हामीले विनाशपछिको विकासको रुपमा मनाउनुपर्छ । जसले गर्दा बैशाख १२ को सन्देश नेपाल सुरक्षित छ र विकासको गतिमा अगाडि बढ्दैछ भन्ने पनि हो ।  
    अहिले भूकम्पपछि नेपालको पर्यटन क्षेत्री केही रुपमा खस्किएको छ । जसलाई माथि उठाउनु पनि आजको आवश्यकता हो । त्यसकारण पर्यटन प्रवद्र्धनका लागि सबै भन्दा महत्वपूर्ण कुरा भनेको प्रचार प्रसारनै हो । नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गनुपर्छ । जसका लागि नेपालका साथसाथै अन्तराष्ट्रिय संचारमाध्यमलाईसमेत नेपाल ल्याएर नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नयाँ सन्देश प्रवाह गर्नुपर्छ । नेपालबारे समाचार संकलनका लागि सरकारले बीबीसी, सीएनएन जस्ता संचार माध्यमका प्रतिनिधिलाई नेपाल बोलाई दियोस् हामी व्यवसायीले उनीहरुलाई भ्रमण र अन्य व्यवस्थापनको जिम्मा लिन तयार छौ । अर्को कुरा बैशाख १२ गतेको दिन हामीले यो एक वर्षमा पुनः निर्माण गरेको एउटा स्थानमा विशेष कार्यक्रमको आयोजना गरि पुनःनिर्माणमा हामीले गरेको कामको उदाहरण सबैमाझ प्रस्ततु गर्नुपर्छ । जसले गर्दा अन्तर्राष्ट्रिय साथ र सहयोग सदैव रहिरहोस् ।

मोहन लम्साल, प्रबन्धनिर्देशक –मकालु एड्भेञ्चर

नेपाल पर्यटन बोर्डका नवनियुक्त सिइओलाई व्यवसायीहरुको सुझावः

सम्झौता कार्यान्वयन गर्नुस्  

चार वर्षपछि नेपाल पर्यटन बोर्डले सीईओ पाएको छ । पर्यटनका लागि यो पक्कै पनि खुसीको कुरा हो । मुलुकको पर्यटन क्षेत्र गम्भिर मोडमा पुगेको बेला बोर्डले नेतृत्व पाउनुले आशाको सञ्चार गरेको छ । 

पर्यटन बोर्ड आफैँ ‘प्यारालाईज्ड’ भएको छ, राम्रोसँग कार्यसम्पादन भइरहेको छैन । विगतको कुराहरुबाट पाठ सिकेर बोर्डले अब आफ्ना गतिविधिहरु दु्रतगतिमा अगाडि बढाउनुपर्छ । नयाँ नेतृत्व आएपछि बोर्डको संरचनागत सुधार होला भन्ने अपेक्षा छ । विगतमा पर्यटन बोर्ड र टानबीच पदयात्री सूचना व्यवस्थापनलगायत ‘इस्यू’हरुमा विभिन्न सम्झौताहरु भएका थिए । अब बोर्डले ध्यान दिनु जरुरी छ । पहिले आधिकारीक व्यक्ति नहुँदा समस्या थियो । अब त्यो अवस्था छैन । 
समस्याहरु समाधान होलान्, अब ती सम्झौताहरु कार्यान्वयन होलान् भन्ने आशा छ । निजी क्षेत्र र बोर्डको सम्बन्ध पनि अब सुमधुर होला भन्ने हाम्रो अपेक्षा छ । अन्तर्राष्ट्रिय प्रवद्र्वनका कामले पनि गति पाउलान् । 

कर्ण लामा, महासचिव -ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)

पर्यटन क्षेत्रमा उत्पन्न समस्या र अबको बाटो ?

विकल्प खोजेर समस्या समाधान गर्नुपर्छ

नाकाबन्दीका कारण अहिले इन्धनलगायत अन्य अत्यावश्यक बस्तुको चरम अभाव छ । जसकारण देशका हर क्षेत्र प्रभावित भएको छ । यसको प्रभाव पर्यटन क्षेत्रमा अझ गम्भिर रुपमा परेको छ । अहिले नेपाल भ्रमणमा रहेका पर्यटकहरुले आफ्नो भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् भने नेपाल आउने तरखरमा रहेकाहरु पनि भ्रमण रद्ध गरेर बसेका छन् । 


पर्यटन जस्तो निकै संवेदनशिल र निकै महत्वपूर्ण यो क्षेत्रलाई यस्तो अभावका बेला राज्यले विशेष क्षेत्र तोकेर केही सहयोग गर्नुपथ्र्यो तर त्यो भएको छैन । भूकम्पपछि केही खस्किएको पर्यटनलाई माथि उकास्न हामीले नेपाल सुरक्षित छ भन्ने सन्देश दिन स्वदेश तथा विदेशमा प्रचारप्रसार पनि ग¥यौ । त्यसपछि हामीलाई केही आशा पनि पलाएको थियो तर अहिले विदेशीलाई नेपाल आउ भनेर भन्ने अवस्था समेत छैन । तथापी नाकाबन्दीको समस्या समाधानका लागि सरकारले तत्काल वार्ता र छलफलको बाटो अलम्बन गर्नुपर्छ । 

कमल सापकोटा प्रबन्ध निर्देशक : माउन्टेन डिलाइट्स ट्रेक्किङ

आगामी टान निर्वाचन बारेमा यसो भन्छन् व्यवसायी

टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ

टानले अहिले जे गरिरहेको छ, यो जिम्मेवारीपूर्ण कुरा भएन । आफ्नो मार्गबाट टान च्यूत भएको अवस्था देखिएको छ । विगतको अभ्यासअनुसार सेप्टेम्रबमै चुनाव सम्पन्न गर्नपर्ने हो । तर, यसका लागि तयारीका हिसावले शून्य देखिएको छ । अन्तिम घडीसम्म पनि निर्वाचनका लागि मिति घोषणा नगर्नुले टानमा शंका गर्नुपर्ने अवस्था देखिएको छ । 
टानको खर्च गर्ने प्रणाली पनि गलत छ । आफुलाई मन लागेको शिर्षक र क्षेत्रमा बजेट लैजाने, खर्च गर्ने परिपाटी छ । शिर्षस्त नेतृत्व र कार्यप्रणालीमा थुप्रै समस्याहरु देखिन्छ । 
हालसम्म निर्वाचनका लागि मिति तय गरिएको छैन् । अहिलेसम्म मिति घोषणा नगर्नुले सेप्टेम्बरमा चुनाव हुने सम्भावना टेरेको छ । अव डिसेम्बर वा यसको आसपासमा चुनाव होला । सेप्टेम्बरमै चुनाव गर्नका लागि हामी सचेत व्यवसायीहरु एक भएर नेतृत्वलाई दवाव दिनु जरुरी छ । 

 

शेखर बहादुर थापा, प्रबन्धनिर्देशक -अलपाईन एसियन ट्रेक्स एण्ड एक्स्पेडिसन

पर्यटनमा बजे‌ट ?

बजे‌टले‌ खासै‌ उत्साह दिन सके‌न आर्थिक वर्ष २०७२०७३ को‌ बजे‌टमा सर‌कार‌ले‌ पर्यटन क्षे‌त्रको‌ प्रवद्र्धन र‌ विकासका लागि खासै‌ उत्साहजनक रुपमा कार्यक्रम र‌ बजे‌ट छुट्याएको‌ दे‌खिँदै‌न । सर‌कार‌को‌ कार्यक्रम र‌ बजे‌ट अध्ययन गर्दा तीन÷चार‌वटा महत्वपूर्ण कुर‌ामा ध्यान नदिएको‌ दे‌खिन्छ । पहिलो‌ कुर‌ा पर्वतीय पर्यटनलाई पुनरुत्थान यो‌जनाअन्तर्गत र‌ाखे‌र‌ पुनर्निर्माण गर्नुपथ्योर्‌, त्यो‌ कुर‌ा आएन । भूकम्पबाट क्षतिग्रस्त पर्वतीय पर्यटनका रुटहरु र‌ प्रभावित क्षे‌त्रहरुको‌ पुनरुत्थानका लागि बजे‌ट विनियो‌जन भएको‌ पाइएन । साहसिक र‌ पर्वतीय पर्यटनको‌ पुनरुत्थानका लागि संसद्को‌ विकास समितिले‌ पर्यटन विकासका लागि सिफारि‌स गर‌े‌को‌ कुर‌ालाई समे‌त बजे‌टले‌ छो‌एको‌ छै‌न । अकोर्‌ कुर‌ा भूकम्पबाट प्रभावित पर्यटन क्षे‌त्रमा आबद्ध दुई लाख मजदुर‌ विस्थापित भएको‌ अवस्था छ । ठूलो‌ संख्याका मजदुर‌हरुलाई सम्बो‌धन गनेर्‌गर‌ी बजे‌ट छुट्याउनुपथ्योर्‌ त्यो‌ पनि छै‌न । त्यस्तै‌ पर्यटन क्षे‌त्रमा आबद्ध व्यवसायी र‌ लगानीकर्ताहरुलाई न्यूनतम ब्याजदर‌मा ऋण उपलब्ध गर‌ाउने‌ कुर‌ामा बजे‌ट मौ‌न छ । उपल्लो‌ मुस्ताङलगायतका क्षे‌त्रमा र‌ो‌यल्टी छुट्याउन सर‌कार‌ले‌ पहल गर‌े‌न । र‌ाज्यले‌ अर्थतन्त्रको‌ महत्वपूर्ण हिस्सा बो‌के‌को‌ पर्यटनलाई नजर‌अन्दाज गर‌े‌को‌ प्रष्ट छ । तर‌ यो‌ क्षे‌त्रलाई जति प्राथमिकता दिनुपथ्योर्‌ त्यो‌ पाइँदै‌न । शिक्षा, स्वास्थ्यलगायतका क्षे‌त्रमा संवे‌दनशील दे‌खिए पनि पर्यटनलाई स्थान दिएन । समग्रमा बजे‌टबाट हामी उत्साहित हुने‌ अवस्था छै‌न ।

र‌मे‌श धमला, अध्यक्ष -टान

पर्यटन र‌ाजनीति मुक्त हुनुपर्छ