Thursday, July 18, 2019

बालविवाह मुक्त गाउँ बनाउन, बालविवाह विरुद्ध आवाज उठाउदै किशोरीहरु

प्रकाशित मिति: 2019/07/07

असार २२, नवलपुर । बालविवाह मुक्त गाउँ बनाउन लागि परेका नवलपुरको देवचुलीका बालिकाहरुले नयाँ कामको थालनी गरेका छन् । उनीहरुले बालविवाहको असर र न्युनिकरणको विषयमा समुदाय  र विद्यालयमा विभिन्न कार्यक्रमहरुको सञ्चालन गरी जनचेतना फैलाउने कार्य गरिरहेका छन् ।

किशोरी अभियन्ता एवम नगरस्तरीय बाल सञ्जालकी उपाध्यक्ष निरुता खत्री सिंहका अनुसार देवचुली १७ का किशोरीहरुले वडा नं. १७ मा स्थानीय स्तरमा रहेका किशोरीहरुलाई बालविवाह, यसको कानुनी प्रावधानहरु र यसको दिगो समाधानको लागि गर्न सकीने क्रियाकलापहरुको बारेमा कक्षा सञ्चालन भइरहेको छ ।

जागृति बाल तथा युवा सरोकार नेपालले सञ्चालन गरेको किशोरी शसक्तिकरण कार्यक्रमका किशोरी शिक्षकहरुबाट यो कार्यक्रमको सञ्चालन गरिएको कुरा कार्यक्रम अधिकृत सविता पंगेनी बताए । 

देवचुली नगरपालिका नेपालको दोस्रो बालमैत्री नगरको रुपमा २०७५ भाद्र २९ गतेका दिन घोषणा भर्ईसकेको छ । तर यसको दिगोपनाको मुख्य चुनौतीको रुपमा भने बालश्रम र बालविवाह रहेकोले नगरपालिकाले समेत यसको दिगो समाधानको लागि समेत कार्यहरु सुरु गरेको नगरपालिकाले बताएको छ ।

नेपालको संविधान २०७२ मा बालअधिकारलाई मौलिक हकमा नै राखी धारा ३९ भित्र बुँदा नम्बर १ देखी १० सम्म समावेश गरेको र यसमा समेत बालविवाह कानुन विपरितको कार्य भएकोले समेत यसको समाधानको लागि बालसंरक्षण अन्तर्गत रही स्थानीय तहले कार्य सुरु गर्नुपर्ने कुरामा जोड दिनुपर्ने कुरा जागृति बाल तथा युवा सरोकार नेपालका जिल्ला कार्यक्रम संयोजक दिपक शर्मा जानकारी दिए । 

तपाईंको बिचार