Saturday, October 19, 2019

काठमाडौंमा दुईदिने शैक्षिक मेला हुने

प्रकाशित मिति: 2019/08/01

 साउन १६, काठमाडौं । “स्वदेशमै शिक्षा सबैको इच्छा” भन्ने मुख्य उद्देश्यका साथ काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटेलमा  शैक्षिक मेला हुने भएको छ । दुई दिने हुने उक्त मेला विशेष गरी नेपालमै बसेर उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरिएको छ । शुक्रबार र शनिबार हुने सो शैक्षिक मेलाका आयोजकहरु भिजन मिडिया इन्कर्पोरेशन र एजुकेशन डट कम रहेको छ । 

मेलाको टाइटल स्पोन्सर आईआईएमएस कलेज रहेको आयोजकले जानकारी दिएका छन् ।

२ दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग आवद्ध विभिन्न कलेजहरुले विद्यार्थीहरुलाई निःशुल्क परामर्श दिनेछन् । 

बिबिए, एमबिए, बिआईटी, बिआईएम, बिएचएम, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएएसडब्लु, बिबिएस, बिएस्सी, सिएसआईटी, बिडेभ्सलगायत कोर्ष पढ्न चाहने विद्यार्थीे यो मेलाबाट लाभान्वित हुने आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

्मेलामार्फत नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि विद्यार्थीहरुले निःशुल्क परामर्श लिन सक्नेछन् । मेलामा ४२ भन्दा बढी कलेजहरु सहभागि हुनेछन् । 

तपाईंको बिचार