Thursday, December 12, 2019

मोतिरामको कथा :अध्याँरोबाटो उज्यालोतर्फ

प्रकाशित मिति: 2019/09/12

भदौ २६, काठमाडौं । तारकेश्वर गाउँपालिका वडा नं ३ जोरचौताराका रैथाने हुन मोतिराम ढकाल ।

स्थानिय क्षेत्रमा शिक्षा समाजसेवीको जोशिलो परिचय बनाएका ढकाल क्रियाशिल जिबन बाँचिरहेका छन । आफ्नो समयमा शिक्षा ग्रहण गर्न अवशर नपाएका उनले २०७१ सालमा एसएलसी दिए । बिगत जतिसुकै निरस भएपनि जिबन सधै आशातित हुन्छ,गन्तव्य नेपालसँग कुराकानीका क्रममा उनी यसरी सुनिए ।
‘सुरुका दिनमा पढ्न पाईएन । आखिर ति सबै समयको खेल रहेछ, वितेको एकदशकमा फेरिएको संसार र आफ्नो समयको चक्रको अन्तर उनले राम्ररी बुझेका छन । आर्थिक अवस्था कमजोर भएकै कारण आफुले पढ्न नपाएको पिडा उनको मुहारमा प्रष्ट देखिन्थ्यो । हुनेहरु शहरमा जान्थे, गरिबहरु गाँउमै घाँसदाउरामा सिमित हुन्थे । विगतको तिनै यथार्थलाई अनुभुत गर्दै २०७१ सालमा तारकेश्वर गाउँपालिका वडा नं ३ चन्दनीमा तारुका हिलसाइड इङ्लिस बोर्डिङ स्कूलको स्थापना गरे । अहिले कक्षा ५ सम्म पठनपाठन भईरहेको छ । न्यूनतम शिक्षाबाट कोही पनि बञ्चित हुन नपरोस मेरो एकमात्र चाहना हो ।
सुरुका दिनमा अरु कसैको स्वामित्वमा रहेको स्कुल २०६५ सालमा स्थापना भएको थियो । स्कुलको व्यावस्थापन सही ढंगले हुन नसकेको स्थीतिमा बन्द हुने अवस्थामा पुगेको स्कुललाई उनले पुर्नजिबन दिए । सुरुमा भाडामा सञ्चालन भैरहेको स्कुल ढकालले लिएपछि आफ्नै जग्गामा भवन बनाएर सञ्चालन गरेका हुन । विद्यालयको लागि आवश्यक खेलकुद साम्रगी तथा अरु भौतिक सुविधाहरुमा सम्पन्न छ । विद्यालयका विद्यार्थीहरु र अभिभावकहरु गाउँको विद्यालय बन्द नभएकोले खुसी भए भने यसमा मेरो खुसीको मापन पनि पक्कै होला । अहिले बिद्यार्थी बढेका छन, अभिभाभकको भरोसा पनि बढेको छ । कम्तीमा आफ्नो बिगतलाई शिक्षामै गरेको लगानीले टाल्ने कोशिस गरेको छु । उनले भने ।

शिक्षा क्षेत्रमा योगदान पुर्याएकै कारण बिभिन्न संघसस्थाबाट उनले दर्जनौ सम्मान पनि पाईसकेका छन ।

 

तपाईंको बिचार