Tuesday, November 21, 2017

सर्वोच्चले त्रिविलाई बोलायो

प्रकाशित मिति: 2015/11/06

गन्तव्य नेपाल न्यूज/काठमाडौँ 
नियमविपरीत करार शिक्षकलाई स्थायी गर्ने त्रिभुवन विश्वविद्यालयको विज्ञापनविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार अदालतमा बोलाएको छ । न्यायाधीस ओमप्रकाश मिश्रको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै गएको सोमबार त्रिविको नाउँमा यस्तो कारण देखाऊ आदेश गरेको हो । 
२०७२ असोज २१ गते ‘गैरकानुनी ढंगले त्रिवि नियमावलीको नियम नं ६ को जगमा टेकी गरिएको विशेष आन्तरिक÷खुल्ला विज्ञापन प्रचलित ऐन नियमविपरीत भएको ठहर गर्दै’ मेघप्रसाद खरेलसहित तीनजनाले रिट निवेदन दर्ता गराएका थिए । 
विज्ञापनमा ७२ प्रतिशत करारका लागि छुट्याइएको थियो । आवेदन फारम भर्ने म्याद आगामी मंसिर १७ सम्म छ र विज्ञापन भदौ २४ गते भएको थियो ।

 

तपाईंको बिचार