Wednesday, May 24, 2017  |    

भारतीय बोर्डका स्कुल खारेज गरिँदै

प्रकाशित मिति: 2015/12/01

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
सरकारले अवैधानिक रुपमा देशका विभिन्न स्थानमा सञ्चालित भारतीय विद्यालयहरु खारेजी गर्ने तयारी गरेको छ । भारतीय केन्द्रीय माध्यमिक शिक्षा बोर्ड (सिबिएसई) अन्तर्गतका अनुमती बिना सञ्चालित विद्यालयहरुले पटक –कानुनी प्रावधान नटेरेपछि शिक्षा मन्त्रालयले खारेजी गर्ने तयारी गरेको हो । विभिन्न १४ वटा विद्यालय खारेज गर्न मन्त्रालयले तयारी गरेको छ ।
नेपालमा विदेशी बोर्डको सम्बन्धनमा कुनै पनि शिक्षालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको स्वीकृति अनिवार्य रहेको छ । यसका लागि निश्चित प्रक्रिया र्पुयाई अनुमित लिएर मात्र कक्षा सञ्चालन गर्नुपर्छ । तर, नेपालमा हाल सञ्चालित सिबिएसईका १४ विद्यालयले शिक्षा मन्त्रालयको अनुमति लिएका छैनन् ।

 

तपाईंको बिचार