Tuesday, April 25, 2017  |    

बौद्धिक सम्पत्ति संरक्षण नीति बनाउने तयारी गर्दै उद्योग मन्त्रालय

प्रकाशित मिति: 2015/12/08

गन्तव्य नेपालन्यूज/काठमाडौँ
सरकारले मुलुकमै पहिलोपटक बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी नीति बनाउने तयारी गरेको छ । सो नीति बनाउन उद्योग मन्त्रालयको पहलमा उद्योग, संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिवहरु सदस्य सम्मिलित एक सचिव स्तरीय सुझाव समिति गठन भएको छ । 
उद्योग मन्त्रालयका अनुसार नीतिको मस्यौदा तयार गर्न विज्ञ सम्मिलित एक प्राविधिक टोली पनि गठन भएको छ । संविधानमा नै बैद्धिक सम्पत्ति संरक्षणको ग्यारेन्टी गरिएकाले त्यस सम्बन्धी नीति बनाउन लागिएको हो ।
बैद्धिक सम्पतिसम्बन्धी नीतिले नयाँ आविष्कार, मौलिक सृजना र स्थानीय स्रोतसाधनको संरक्षणका अधिकार प्रत्याभूत गर्नेछ । यस्तै अत्यावश्यक औषधि, कृषि सामग्री, बीउविजन र खाद्यसुरक्षामा नीति केन्द्रित पनि बताईएको छ । 
औद्योगिक बौद्धिक सम्पत्ति र प्रतिलिपि अधिकारको संरक्षणका लागि उद्योग मन्त्रालय अन्तर्गतको उद्योग विभाग र पर्यटन मन्त्रालय अन्तर्गत रहेको नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय काम गरिरहेका छन् ।
स्रष्टा, आविश्कारक तथा लेखकको बौद्धिक सम्पत्तिमाथिको अधिकार प्रत्याभूत गर्न, उद्योग व्यवसायमैत्री वातावरण बनाउन, पेटेन्ट अधिकार सुरक्षित गर्न, विदेशी लगानी बढाउन, रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशी प्रविधिको आयात गर्न र प्रविधि हस्तान्तरणमा सघाउन तथा उपभोक्ताको हित संरक्षण गर्नका लागि समेत बौद्धिक सम्पत्ति संरक्षणको व्यवस्था गर्न लागिएको उद्योग मन्त्रालयले जनाएको छ ।

 

तपाईंको बिचार