Friday, December 15, 2017

एसएलसी दिने विद्यार्थीलाई मोबाइल एप्स र इन्टरनेटबाट पढाइने

प्रकाशित मिति: 2015/12/16

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
कक्षा १० का विद्यार्थीहरुले अब मोवाईल एप्स तथा इन्टरनेटमार्फत पढ्न पाउने भएका छन् । सरकारले समय नमिल्ने कक्षा १० का विद्यार्थीका लागि लक्षित गरेर उक्त व्यवस्था ल्याउन लागेको हो । 
भूकम्प र तराई आन्दोलनका कारण पढ्न नपाएका विद्यार्थीका लागि सरकारले गत शुक्रबारदेखि रेडियो नेपाल र स्थानीय एफएमबाट पढाउन सुरु गरिसकेको छ । 
फागुनको अन्तिम सातासम्म कक्षा सञ्चालन गर्ने योजना रहेको छ भने पहिलो चरणमा १५ मिनेटको अवधिमा कक्षा सञ्चालन हुनेछ । रेडियो नेपालबाट बेलुका ७ बजेको समाचारपछि उक्त कक्षा सञ्चालन हुनेछ । रेडियोबाट सञ्चालन हुने कक्षाको तालिकाअनुसार आइतबार अङ्ग्रेजी, पहिलो र दोस्रो हप्ताको सोमबार गणित, तेस्रो र चौथो हप्ता स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, हरेक हप्ता मङ्गलबार गणित, बुधबार समाचार, सूचना, रेडियो रिपोर्ट, प्रश्नोत्तर, लघुनाटकलगायतका समसामयिक शैक्षिक गतिविधि सञ्चालन हुनेछ । 
यसैगरी हरेक हप्ता बिहीबार सामाजिक शिक्षा, शुक्रबार नेपाली र पहिलो हप्ता शनिबार पाठ्यक्रममा आधारित रेडियो नाटक, दोस्रो हप्ता अन्तर्वार्ता, तेस्रो हप्ता रेडियो नाटक र चौथो हप्ता विद्यार्थी प्रश्नोत्तर, सूचना प्रसारण हुनेछ । नेपाल टेलिभिजनबाट भने अनिवार्य विषय मात्र पढाइनेछ । आइतबार र सोमबार बेलुकी ५ः३० बजे २५ मिनेट अङ्ग्रेजी, गणित र विज्ञान विषय पढाइनेछ ।

 

तपाईंको बिचार