Thursday, March 30, 2017  |    

एसएलसी परीक्षा चैत १८ देखि हुने

प्रकाशित मिति: 2015/12/16

गन्तव्य नेपाल न्यूज/काठमाडौँ
एसएलसी परीक्षा आगामी चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय भएको छ । परीक्षा समितिको बुधबारको बैठकले एसएलसी परीक्षा आउँदो चैत १८ गतेदेखि २९ गतेसम्म हुने गरी तालिका तय गरेको छ । यसअघि चैत पहिलो हप्तादेखि नै एसएलसी परीक्षा सुरु हुने गर्दथ्यो ।
तय भएको परीक्षा तालिकाअनुसार १८ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । १९ गते अनिवार्य नेपाली, २१ गते अनिवार्य गणित र २२ गते विज्ञान विषयको परीक्षा हुनेछ ।
यसैगरी २३ गते सामाजिक शिक्षा, २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐच्छिक प्रथम, २६ गते द्वितीय ऐच्छिक विषयको परीक्षा हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । प्राविधिक तर्फका परीक्षा भने २९ गतेसम्म चल्ने छ ।
तराई मधेसमा जारी आन्दोलनका कारण एसएलसी परीक्षाको तालिका समेत प्रभावित भएको छ । यसअघि चैत पहिलो हप्ता हुँदै आएको परीक्षा यसपटक दुई हप्ता पछि सरेको छ ।

तपाईंको बिचार