Sunday, December 17, 2017

‘ई–लाइब्रेरी’ सञ्चालनमा आएन

प्रकाशित मिति: 2015/05/25

धनकुटा । धनकुटा बहुमुखी क्याम्पसमा ४ वर्षअघि स्थापना भएको आधुनिक विद्युतीय पुस्तकालय ९ई–लाइब्रेरी० अझै सञ्चालनमा आएको छैन । २० लाख रुपैया“ लगानीमा स्थापना भएको ई–लाइब्रेरी सञ्चालनमा नआउँदा पाठकलाई समस्या भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सन् २०११ मै बहुमुखी क्याम्पसमा १६ थान कम्प्युटर र इण्टरनेट उपकरणको व्यवस्था गरिएको थियो । ई–लाइब्रेरी सञ्चालनमा नआए पनि इण्टरनेटबापत वार्षिक १ लाख ८ हजार रुपैयाँ नेपाल टेलिकमलाई बुझाउँदै आएको क्याम्पस प्रमुख निरञ्जन वस्तीले बताए ।

प्राध्यापक र विद्यार्थीलाई आवश्यक पर्ने सामग्री इण्टरनेटबाट खोज्न सजिलो होस् भन्ने उद्देश्यले ई–लाइब्रेरीको स्थापना गरिएको वस्तीले बताए । ई–लाइब्रेरी व्यवस्थित रूपमा सञ्चालन गर्न मापदण्ड र कार्यविधि बनाउन डा शम्भु खतिवडाको संयोजकत्वमा तीनसदस्यीय समिति बनाइएको छ । बजारमा पाउन छाडिएका पुस्तक र अन्य सहयोगी सन्दर्भ सामग्री खोज्न सजिलो होस् भन्ने उद्देश्यले पुस्तकालयको कम्प्युटरमा इण्टरनेट लिङ्क राखिएको छ । त्यसबाट सहजै रूपमा सामग्री पाउन सकिने  बताइएको छ । समितिबाट मापदण्ड बनेपछि चाँडै नै उक्त विद्युतीय पुस्तकालय सञ्चलन गरिने वस्तीले जानकारी दिए । ३ वर्षअघि क्याम्पसका पाँचजना प्राध्यापकलाइ ई–लाइब्रेरी सञ्चालनसम्बन्धी आधारभुत सीप दिएको थियो । मापदण्ड समितिका संयोजक खतिवडाले शीप सिकेका प्राध्यापकले मात्र कम्प्युटर चलाउने गरेका छन् । बाँकी अन्य कम्प्युटर अहिले प्रयोगविहीन अवस्थामा रहेको उनले बताए ।

तपाईंको बिचार