Wednesday, May 24, 2017  |    

भूकम्पमा ३१ जना शिक्षकले ज्यान गुमाए

प्रकाशित मिति: 2015/05/25

काठमाडौं । भूकम्पमा परी ३१ जना शिक्षकको मृत्यु भएको शिक्षा विभागले जानकारी दिएको छ । सोमवारसम्मको तथ्याङ्कअनुसार मृत्यु हुने शिक्षकहरूमा सिन्धुपाल्चोकका १२, नुवाकोटका १०, धादिङका पाँच र गोरखाका चारजना छन् । यकिन तथ्याङ्क आउन बाँकी रहेकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने विभागको भनाइ छ । मृत्यु भएका शिक्षकको स्थानमा अन्य शिक्षकको व्यवस्था सम्बन्धित जिल्ला शिक्षा कार्यालयले गर्ने विभागले बताएको छ ।

यसैबीच, भूकम्पपीडितलाई सहयोग पुर्‍याउन शिक्षा मन्त्रालयअन्तर्गतका कर्मचारीले आफ्नो तलबबाट केही रकम दिने भएका छन् । मन्त्रालयका प्रवक्ता हरि लम्सालका अनुसार विशिष्ठ श्रेणीका कर्मचारीको १५ दिन, प्रथम र द्वितीय श्रेणीकाको १० दिन तथा बाँकी कर्मचारीको ५ दिनको तलबबराबरको रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।

तपाईंको बिचार