Friday, August 18, 2017  |    

जेठबाट विद्यालय नियमित सञ्चालन

प्रकाशित मिति: 2015/05/25

जेठबाट विद्यालय नियमित सञ्चालन

काठमाडौं ९अस० । वैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण बन्द भएका विद्यालयहरू जेठ १ गतेदेखि सञ्चालन हुने भएका छन् । भूकम्पले भौतिक तथा मानवीय क्षति भएपछि वैशाख महीनाभर सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने सरकारले निर्णय गरेको हो । नेपालको भूकम्प प्रभावित क्षेत्रका ९५ प्रतिशत विद्यालयका भवन क्षतिग्रस्त भएका छन् । त्यसमध्ये कतिपय भवन पूर्ण ध्वस्त भएकाले विद्यालय बन्द गर्नुपरेको एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले बताए । तर, पठनपाठन र विद्यार्थीको मनोविज्ञानमा असर नपरोस् भनेर जेठबाट कक्षा सञ्चालन गर्ने निर्णय भएको उनले बताए । यद्यपि, कक्षा सञ्चालनका लागि विद्यालय भवनको अवस्था पनि हेर्नुपर्ने बताइएको छ ।

 

नेपाल सरकारले भूकम्प प्रभावित २१ जिल्लालाई सङ्कटग्रस्त घोषणा गरेको छ, जसमध्ये, भूकम्प प्रभावित १४ जिल्लाका शैक्षिक संस्था वैशाख महीनाभरि बन्द रहने शिक्षा मन्त्रालयले बताएको छ । भूकम्पलगत्तै शिक्षा मन्त्रायलले काठमाडौंसहित ११ जिल्लाका सम्पूर्ण शैक्षिक संस्था जेठसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

 

नेपालका सबै शैक्षिक संस्थाहरूले वैशाखभर सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेका छन् । उच्च माध्यमिक शिक्षा परिषद्ले अर्को सूचना नआउन्जेल कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको हो । त्यस्तै, त्रिभुवन विश्वविद्यालय ९त्रिवि०ले पनि वैशाखमा हुने विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको छ । साथै, त्रिविले सम्पूर्ण पठनपाठन वैशाख २२ देखि जेठ २२ सम्मका लागि बन्द गरेको छ । तर, त्रिविको जेठ १३ बाट हुने स्नातक तह तेस्रो वर्षको परीक्षा भने निर्धारित समयमै हुने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।  

 

भूकम्पका कारण जनजीवन अस्तव्यस्त बनेपछि शिक्षक सेवा आयोगले लिखित परीक्षाका लागि खोलेको आवेदन फारम भर्ने म्याद थप गरेको छ । आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र र माध्यमिक तथा निम्न माध्यमिक तहको स्थायी परीक्षाका लागि आवेदन खुला गरेको थियो । शिक्षकको स्थायी प्रतियोगिताका लागि वैशाख २३ सम्म रहेको फारम भर्ने म्याद वैशाख ३० सम्म थप गरेको छ । यसैगरी, अध्यापन अनुमतिपत्रको लिखित परीक्षाको फारम भर्ने अन्तिम म्याद वैशाख २७ बाट जेठ ३ गते पु¥याइएको छ ।  लोकसेवा आयोगले वैशाख महीनामा लिने भनेको विभिन्न पदको लिखित तथा मौखिक परीक्षा पनि स्थगित गरेको छ । आयोगले प्राविधिक खरिदार वा सो सरह पदका लागि दरखास्त दिने अन्तिम म्याद थप गरी वैशाख १५ बाट  वैशाख २९ गते बनाएको छ । इन्ष्टिच्युट अफ चार्टर एकाउण्टेण्ट अफ इण्डिया ९आईसीए०ले मे २ बाट सञ्चालन हुने भनेको परीक्षा काठमाडौं केन्द्रका लागि स्थगित  गरेको छ । आईसीएको प्रवीणता प्रमाणपत्र तह र अन्तिम तहको परीक्षा अन्य स्थानमा अहिले सञ्चालन भइरहेको छ ।

तपाईंको बिचार