Monday, October 23, 2017

भूकम्प प्रभावित सात जिल्लाको परीक्षा सम्बन्धित जिल्लाको सिफारिसमा तय गरिने

प्रकाशित मिति: 2015/05/25

जेठ ५, काठमाडौँ । उच्चमाध्यमिक शिक्षा परिषद्ले भूकम्प प्रभावित विभिन्न सात जिल्लाको कक्षा ११ र १२ को परीक्षा त्यहाँको जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा तय गर्ने भएको छ ।परिषद्ले सोमबार ६८ जिल्लाको परीक्षा तालिका सार्वजनिक गरे पनि भूकम्पले धेरै क्षति पु¥याएका गोरखा, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लाको परीक्षा तालिका सार्वजनिक गरेको थिएन ।परिषद्का परीक्षा नियन्त्रक सन्तोषकुमार अर्यालका अनुसार बढी प्रभावित जिल्लाको परीक्षा कार्यक्रम सम्बन्धमा प्रमुख जिल्ला अधिकारी संयोजक तथा जिल्ला शिक्षा अधिकारी सदस्य–सचिव रहेको जिल्लास्थित परीक्षा समन्वय समिति तथा परिषद्को सम्बन्धित क्षेत्रीय कार्यालयबाट गृहकार्य भइरहेको छ । बढी प्रभावित सात जिल्लाका सम्बन्धित जिल्ला परीक्षा समन्वय समितिले निर्णय गरी जेठ १० गतेभित्र लिखित जानकारी गराएको अवस्थामा भने यही जेठ २० गतेबाटै हुने परीक्षामा सहभागी गराउन सकिने उनले बताए । “त्यसका लागि सम्बन्धित केन्द्रको सुरक्षा तथा त्यहाँ केन्द्र पर्ने उच्च माविहरू तयार हुनुपर्छ । बढी प्रभावित जिल्लाका परीक्षार्थीहरूमा अझै पनि भूकम्पको त्रास कायमै रहेका कारण पनि समस्या देखिएको छ” – अर्यालले बताए ।

 

परिषद्ले कक्षा १२ को यही जेठ २० गतेदेखि र कक्षा ११ को असार १ गतेदेखि परीक्षा कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि कक्षा १२ को गत वैशाख २० र ११ को यही जेठ १ गतेदेखि हुने गरी परीक्षा तालिका प्रकाशित गरिए पनि गत वैशाख १२ गतेको भूकम्पका कारण उक्त परीक्षा स्थगन गरिएको थियो ।

 

यस वर्षको कक्षा १२ को परीक्षामा कुल चार लाख ४२ हजार ४ सय ५५ ९महिला दुई लाख २२ हजार ९ सय ४८ र पुरुष दुई लाख ११ हजार ५ सय ७० र कक्षा ११ को परीक्षामा कुल चार लाख ५४ हजार ७ सय १५ ९पुरुष दुई लाख ३४ हजार २ सय ६६ र महिला दुई लाख २० हजार २ सय ६६ जना० सहभागी हुने भएका छन् । परीक्षाका लागि उपत्यकामा मात्र कुल १ सय ४५ ९काठमाडौँमा १ सय ६, ललितपुरमा २९ र भक्तपुरमा १०० सहित जम्मा ९ सय २२ वटा केन्द्रहरू निर्धारण गरिएको छ । रासस

तपाईंको बिचार