Tuesday, April 25, 2017  |    

सुर्खेतमा साढे २५ करोडको क्षति

प्रकाशित मिति: 2015/06/17

 

सुुर्खेत (अस) । भूकम्पका कारण सुर्खेतका ८५ ओटा विद्यालयमा रू. २५ करोडभन्दा बढीको भौतिक क्षति भएको छ । ९५ ओटा पूर्ण क्षति, ७२ ओटा आंशिक र तीनओटा बस्न नमिल्ने गरी १ सय ७० ओटा कक्षाकोठामा क्षति भएको जिल्ला शिक्षा अधिकारी दीपा हमालले जानकारी दिइन् । विद्यालयसँगै जिल्ला शिक्षा कार्यालयको तीनतले भवनका कोठाहरू चर्केकाले हाल तल्लो तलाबाट कामकारबाही सञ्चालन भइरहेको छ । 

पूर्ण क्षति पुगेका विद्यालयका कक्षाकोठामा अहिले त्रिपालमा राखेर पढाइ शुरू गरिएको छ । सरकारले क्षतिग्रस्त विद्यालयलाई निश्चित रकम दिने भनिए त्यसले कक्षाकोठा मर्मत गर्न नसकिने सम्बद्ध विद्यालयका शिक्षकहरूले गुनासो गरेका छन् । नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, दाप्चा साजगैरा सहारेका प्रधानाध्यापक गोवद्र्धन चौधरीले त्रिपालमा पढाइ शुरू भएकाले कक्षाकोठा निर्माणका लागि पर्याप्त आर्थिक सहयोग आवश्यक भएको बताए । भूकम्पबाट प्रभावित तथा क्षति भएका विद्यालयको अभिलेख आउने क्रम अझै जारी छ । भौगोलिक कठिनाइ, गाविसको सिफारिश तथा प्रहरी मुचुल्का जस्ता प्राविधिक समस्याका कारण पूरा तथ्याङ्क आउन अझै १ महीना लाग्ने उनको भनाइ छ ।

तपाईंको बिचार