Thursday, March 30, 2017  |    

बागलुङका ४५५ विद्यालयमा क्षति

प्रकाशित मिति: 2015/06/17

 

बागलुङ । वैशाख १२ र २९ गते गएको भूकम्पले बागलुङका ४५ प्रतिशत सरकारी विद्यालयमा क्षति पुगेको छ । अहिलेसम्मको तथ्याङ्कअनुसार २ सय ४० विद्यालयमा क्षति पुगेको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ । विद्यालयहरूमा भौतिक क्षति पुगे पनि सहज रूपमा पठनपाठन थालिएको जिल्ला शिक्षा अधिकारी खेम शर्माले बताए । भूकम्पले जिल्लाको दक्षिण कुश्मिसेरा गाविसको जनचेतना प्रावि र दमेकको जैमिनि संस्कृत पाठशाला प्राविका कक्षाकोठा पूर्णरूपले भत्काएको छ । विद्यालयका करीब १ सय ५० विद्यार्थी खुला पालमुनि अध्ययन गर्दै आएका छन् । विद्यालयको भौतिक संरचना निर्माणका लागि केन्द्रमा पहल भइरहेको बताइएको छ । 

बागलुङमा सामुदायिक विद्यालयका ८ सय ६२ कक्षाकोठामा भूकम्पले असर पु¥याएको छ । क्षति पुगेका विद्यालयलाई तीन समूहमा विभाजन गरिएको छ, जसमा पूर्णरूप क्षतिग्रस्त १ सय २४ , आंशिक भत्किएका २ सय ७५ र सामान्य चर्किएका ८ सय ६३ कक्षाकोठा छन् । सामान्य क्षति पुगेका कक्षाकोठाहरूमा विद्यार्थीलाई अध्ययन गराइँदै आएको छ । भूकम्पले स्रोतकेन्द्रका दुईओटा भवन, ३३ ओटा शौचालय र १९ ओटा बालविकास केन्द्रमा क्षति पुर्‍याएको छ । जिल्लाको रायडाँडा, बिनामारे र पश्चिम क्षेत्रका साथै नगरपालिकाभित्रका केही विद्यालयमा भूकम्पले क्षति पु¥याएको जिल्ला शिक्षा कार्यालयले बताएको छ ।

तपाईंको बिचार