Thursday, March 30, 2017  |    

शिक्षामा प्रबिधी र मानवीय संवेदना समावेश हुनु पर्छ :शिक्षा मन्त्री पोखरेल

प्रकाशित मिति: 2016/05/27

जेठ १४, भक्तपुर । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई सीप, प्रविधि र मानवीय संवेदनासँगै अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार भक्तपुरको गठ्ठाघरमा आस्था महिला विद्यालयको आठौ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उहाँले अहिलेका नागरिकमा संवेदना हराउदै गएकाले शिक्षालाई मानवीय संवेदनासँग जोडेर लैजानु पर्ने बताउनुभएको हो । शिक्षा मन्त्रालयले व्यावसायीक प्रविधि र रोजगारमुलक शिक्षाका लागि छुट्टै संरचना बनाउन लागेको बताउनुभयो । नीति निर्माता र सरकारी कर्मचारीले सामुदायीक विद्यालय मै आफ्ना छोराछोरी पढाउनु पर्नेमा जोड दिदै उहाँले यसो गरेमा मात्रै सार्वजनिक विद्यालयको चित्र बदलिने बताउनुभयो ।
सामुदायिक विद्यालयलाई राजनीतिबाट मुक्त गर्नु पर्ने औल्याउँदै उहाँले राजनीति छवि भएका व्यक्ती विद्यालय व्यवस्थापन समितिमा समेत बस्न नहुनेमा जोड दिनुभयो ।
सार्वजनिक विद्यालयको छवि बिग्रदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसलाई सुधार्न राजनीतिबाट विद्यालयलाई मक्त राख्नु पर्ने बताउनुभयो । अहिले देशभर ३० हजार बालविकास केन्द्र रहेको बताउँदै उहाँले यसलाई शिक्षाको अभिन्न अंग बनाएर लैजाने सरकारको योजना रहेको बताउनुभयो । मन्त्रालयले खुल्ला विश्व विद्यालय र चिकित्सा शिक्षा आयोग गठनको तयारी गरेको बताउँदै शिक्षा सम्बन्धी विद्येयक पास हुने तयारीमा रहेको बताउनुभयो । 
 

तपाईंको बिचार