Sunday, December 17, 2017

गाउँमै इन्जिनियरिङ्ग कक्षा उपलब्ध

प्रकाशित मिति: 2016/05/29

जेठ १६,काठमाडौं । सिन्धुपाल्चोकका युवाहरुले उच्च शिक्षा अध्ययन गर्नको लागि अब जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ । सिन्धुपाल्चोकको थुम्पाखर गा.वि.स मा रहेको महेन्द्रोदय उच्च मा.वि ले सिभिल इन्जिनियरिङ्गको कक्षा सञ्चालनमा ल्याएको छ । 
वि स २०१७ सालमा स्थापित विद्यालयमा हाल ४८ जना विद्यार्थी सिभिल इन्जिनियरिङ्ग अध्यनरत छन् । जिल्लाकै पहिलो इन्जिनियरिङ्ग विद्यालय भएको उक्त विद्यालयले आफ्नै अक्षयकोष मार्फत इन्जिनियरिङ्ग शिक्षा सञ्चालन गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधान संरक्षक रामशरण कार्कीका अनाुसार विद्यालयले १८ लाखको अक्षयकोषबाट विद्यार्थिलाइ छात्रवृति समेत प्रदान गर्दै आएको छ ।

 

 

तपाईंको बिचार