Monday, October 23, 2017

डी र ई ग्रेड ल्याउने विद्यार्थीले मौका परिक्षा दिन पाउने

प्रकाशित मिति: 2016/06/15

असार १, काठमाडौं ।  एसएलसीमा दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड प्राप्त गर्नेले मौका परीक्षा दिन पाउने भएका छन् ।परीक्षा नियन्त्रण कार्यालय परीक्षा बोर्डले ‘ग्रेड वृद्धि’का निम्ति यो निर्णय गरेको जनाएको छ ।

‘बढीमा दुई विषयमा डी र ई ग्रेडप्राप्त विद्यार्थीले ग्रेड वृद्धि गर्न मौका परीक्षा दिने निर्णय भएको छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, ‘बढी उत्कृष्ट ग्रेडका लागि मात्र यो व्यवस्था गरिएको हो । यदि परीक्षामा सामेल हुन नचाहेमा बाध्यकारी हुनेछैन ।’ नतिजा प्रकाशनसँगै परीक्षा मिति तोकिने छ ।

नियन्त्रण कार्यालयले यो वर्षबाट एसएलसी नतिजा अक्षरांक पद्धति (ग्रेडिङ सिस्टम)मा उपलब्ध गराउने छ । जसअनुसार विद्यार्थीले ए प्लस, ए, बि प्लस, बि, सी प्लस, सी, डी प्लस, डी र ई ग्रेड दिने निर्णय गरेको छ ।

गत चैतमा लिइएको एसएलसीमा प्राविधिक तथा साधारण विषयका नियमित र एक्ज्याम्टेडका गरी ६ लाख १५ हजार पाँच सय परीक्षार्थी सहभागी छन् । यही असार पहिलो साता नतिजा प्रकाशन गर्ने तयारी गरेको नियन्त्रक काप्रीले जनाएका छन् । ‘एसएलसी परीक्षाको सबै उत्तरपुस्तिका संपरीक्षण भइसकेको छ, अहिले नतिजा टेबुलेसनको काम भइरहेको छ,’ उनले भने ।


 

तपाईंको बिचार