Thursday, March 30, 2017  |    

उच्च माध्यामिक शिक्षा परिषद् खारेज

प्रकाशित मिति: 2016/06/30

असार १६, काठमाडौं । उच्च माध्यामिक शिष परिषद् खारेज भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शिक्षा ऐन आठौं संशोधन प्रमाणीकरण गरेपछि औपचारिक रुपमै परिषद् खारेज भएको छ ।  यसअघि परिषद्ले गर्दै आएको कक्षा ११ र १२ को परीक्षासम्बन्धी काम राष्ट्रिय अब परीक्षा बोर्डमार्फत हुनेछ । त्यस्तै सम्बन्धनको काम शिक्षा विभाग र पाठ्यक्रमसम्बन्धी जिम्मेवारी पाठ्यक्रम विकास केन्द्रमा सरेको छ । भने परिषद्मा कार्यरत कर्मचारी बोर्डमा आउनेछन् ।   

ऐन संशोधन भएपछि अब अस्थायी १७ हजार शिक्षकले स्थायीका लागि प्रतिस्पर्धा गर्ने वा सुविधा लिएर बाहिरिनेमध्ये एउटा विकल्प रोज्नुपर्ने हुन्छ । विद्यालय शिक्षा अब १२ कक्षासम्म भएको छ । शिक्षकहरू अब राजनीतिक दलको कार्यसमितिमा बस्न पाउने छैनन् ।

 


 

तपाईंको बिचार