Friday, December 15, 2017

अनिवार्य विषयका किताब अभाव

प्रकाशित मिति: 2016/07/03

असार १९, काठमाण्डौ । जिल्ला शिक्षा कार्यालयले ११ र १२ कक्षामा निश्चित पाठ्यपुस्तक लागू नगरिएको जनाएको छ ।
तर, केही उच्चमावि र त्यहाँका शिक्षकले निश्चित प्रकाशन तथा लेखकका पुस्तक अनिवार्य गरेपछि शिक्षा कार्यालयले त्यस्तो अवस्था नरहेको जनाएको हो । शिक्षा अधिकारी रमाकान्त शर्माका अनुसार अनिवार्य नेपाली बाहेक अन्य विषयमा कुनै निश्चित पाठ्यपुस्तक लागू गरिएको छैन ।  केही उच्चमावि र शिक्षकले निश्चित प्रकाशन र लेखकको पुस्तक अनिवार्य गरेको गुनासो आएको उनले बताए । उनले सम्बन्धित विद्यालय र शिक्षकले विद्यार्थीलाई पाठ्यक्रमसँग मिल्ने विषयवस्तु समेटिएका र सूचीकृत गरिएका आधिकारिक पाठ्यपुस्तकको सूची उपलब्ध गराउन अनुरोध गरेका छन् । त्यसो भएमा विद्यार्थीले बजारमा छनोट गरी पुस्तक किन्न सक्ने भन्दै उनले विद्यार्थी पनि यसतर्फ चनाखो हुनुपर्ने बताए ।

अझै आएन
बझाङ– पढाइ सुरु भएको ३ महिना बित्दा पनि यहाँका आधा विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । एक गाविसका ६ विद्यालयले अझै कुनै पनि विषयका पाठ्यपुस्तक नपाउँदा पठनपाठन पूर्णरूपमा प्रभावित भएको छ ।
दुर्गम हिमाली गाविस काँडामा रहेका २ मावि, १ निमावि र ३ प्राविका विद्यार्थीले हालसम्म कुनै पनि विषयका किताब पाउन नसकेको गुनासो गरेका हुन् । यार्चा संकलनका लागि चैतबाट बन्द ती विद्यालय असार पहिलो साताबाट खुलेका थिए ।  

तपाईंको बिचार