Thursday, March 30, 2017  |    

बालुवाटार घेराउ गर्न गएका डा. केसीका समर्थक प्रहरी नियन्त्रणमा

प्रकाशित मिति: 2016/07/19

श्रावण ४, काठमाण्डौ । चिकित्सा क्षेत्रको सुधारको माग गर्दै  दश दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीका १२ जना समर्थकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
अनसनको दशौं दिनसम्म पनि सरकारले पूर्ण वेवस्ता गरेको भन्दै प्रधानमन्त्री निवास, बालुवाटार घेराउ गर्न पुगेका डा. केसीका समर्थकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । डा. केसीको समर्थकहरू शिक्षण अस्पतालबाट नै नाराबाजी गर्दै बालुवाटार पुगेका थिए । बालुवाटार पुगेर १५–२० मिनेट नाराबाजी पछि निषेधित क्षेत्र तोड्न खोजेका थिए । महानगरिय प्रहरी परिसरका प्रवक्ता एसपी प्रद्युम्न कार्कीका अनुसार पक्राउ परेका १२ जनालाई अहिले महानगरिय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । ‘नियन्त्रणमा रहेका १२ जनाले बालुवाटारको पवित्र वर्कसप नजिकबाट निषेधित क्षेत्रमा प्रवेश गरी प्रर्दशन गर्न खोजेपछि नियन्त्रणमा लिएका हौं,’ उनले भने ।

दश दिन देखि अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था गम्भिर हुँदै गएको छ ।

 


 

तपाईंको बिचार