Tuesday, October 17, 2017

डा. केसीका माग बारे सरकारी वार्ता समितिले आजबाट वार्ता गर्ने

प्रकाशित मिति: 2016/07/21

श्रावण ६, काठमाण्डौ । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १२ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले बनाएको समितिले  आजदेखि काम सुरू गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीको संयोजकत्वमा सरकारले बुधबार वार्ता समिति गठन गरेको हो ।
डा. उप्रेतीका अनुसार अहिले समितिका सदस्यहरूबीच बैठक सुरू भएको छ । यो बैठकले डा. केसीसँग वार्ताका लागि औपचारिक रुपमा प्रतिनिधि माग गर्ने छ । यस्तै बैठकले वार्ताको ’मोड़ालिटी’ समेत तय गर्ने छ ।
चिकित्सा शिक्षामा विभिन्न सुधारको माग गर्दै डा. केसी आठौंपटक अनसनमा बसेका हुन् । उनीसँग वार्ता गर्नका लागि हिजो बसेको मन्त्रीपरिषद् बैठकले तीन सदस्यीय समितिको गठन गरेको थियो ।


 

तपाईंको बिचार