Monday, March 27, 2017  |    

नेविसंघको मतदान बुधबार रातभर,मतदान बिहीबार मात्र सम्पन्न, मतगणना आजै

प्रकाशित मिति: 2016/08/18

काठमाडौं २ भदौ । नेपाल विद्यार्थी सङ्घको नयाँ नेतृत्वका लागि रातभरी नै मतदान भएको छ । बुधवार मध्यान्न सुरु भएको मतदान बिहीबार बिहान सम्पन्न भएको छ । ११ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि बुधबार दिउँसोबाट मतदान सुरु भएको थियो ।

उम्मेदवार धेरै भएको र मतदान गर्दा समय लाग्ने भएकाले रातभरी मथदान गर्नु गरेको प्रवक्ता युपी लामिछानेले जानकारी दिए । मतदाताले आफ्नो उम्मेदवारको नाम खोज्न नै धेरै समय लगाउने गरेका छन् । आजै बिहान ९ बजेपछि मतगणना गर्ने तयारी छ ।

एक अध्यक्षका लागि सात जना, २ महामन्त्रीका लागि ६ जना, ११ जना उपाध्यक्षका लािग ७४ जना र १ जना कोषाध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।


एक सय २९ पदका लागि झण्डै ७ सय जनाको उम्मेदवारी परेको छ । सहमहामन्त्रीसहित ६ जना भने निर्विरोध भएका छन् । सहमहामन्त्रीमा परमेश्वर साह र सदस्यमा सितारा बनु, कल्पना खड्का, सरोज रेग्मी, सीता गौतम र सुमित्रा शाही निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

तपाईंको बिचार