Sunday, August 20, 2017  |    

शिक्षा मन्त्रीलाई प्राध्यापकहरुको दबाब

प्रकाशित मिति: 2015/06/22

काठमाडौँ, असार ७ गते । शिक्षा मन्त्री चित्रलेखा यादवले शैक्षिक क्षेत्रमा राजनीतिक नियुक्ति गर्दा सम्बन्धित सङ्घ सङ्गठनसँग समन्वय गरेर गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आज राजधानीमा गरेको अन्तरसंवाद कार्यक्रममा शिक्षा मन्त्री यादवले शिक्षा क्षेत्रमा हुने नियुक्ति शैक्षिक सङ्घ सङ्गठनको सिफारिसका आधारमा गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

उहाँले सङ्घ सङ्गठनबाट आफूले रचनात्मक सहयोगको अपेक्षा गरेको बताउँदै सङ्घ सङ्गठनको सहयोग भएमा आफूलाई पनि काम गर्न सजिलो हुने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसको शिक्षा विभाग प्रमुख चन्द्र भण्डारीले पार्टी, विभाग र सम्बन्धित पेसागत सङ्गठनको सिफारिसका आधारमा नियुक्त गरेमा पारदर्शी हुने बताउनुभयो ।

“मन्त्री वा अरु कुनै नेताको नजिक भएकै आधारमा नियुक्ति पाउने संस्कारले नियुक्त भएको व्यक्ति उत्तरदायी र जिम्मेवार हुँदैन” नेता भण्डारीले भन्नुभयो । 
सङ्घका अध्यक्ष वासुदेव घिमिरेले पनि कार्यदक्षता र वरिष्ठतालाई आधार मानेर जिम्मेवारी दिइएन भने अन्याय हुने बताउनुभयो । उहाँले सम्बन्धित सङ्गठनसँग सल्लाह गरेर नियुक्त भएको व्यक्तिलाई काम गर्न पनि सजिलो हुने तर्क गर्नुभयो ।

सङ्घले आफूसँग समन्व

 

तपाईंको बिचार