Thursday, March 30, 2017  |    

स्नातकमा विषय थप्ने तयारी गर्दै प्रिमियर कलेज

प्रकाशित मिति: 2015/07/09

प्रिमियर कलेजले स्थापनादेखि उच्च माध्यमिक तहमा विज्ञान, व्यवस्थापन र मानविकी सङ्काय सञ्चालन गर्दै आएको छ । स्थापना भएको १५ वर्ष अवधिमा कलेजले आईएसओ सर्टिफिकेट पाइसकेको छ । त्यस्तै, कलेजलाई बेलायतको विश्वविद्यालयले ‘बीएन प्राडा सर्टिफिकेशन बडी’ प्रदान गरेको छ । विभिन्न विषयमा अध्यापन गराउँदै आएको कलेजले यस वर्षदेखि स्नातक तहमा बीबीएम र बीसीए कक्षा सञ्चालन तयारी गरेको छ । गुणस्तरीय शिक्षालाई जोड दिने कलेजले एक शैक्षिक सत्रमा ४ सय २० जना विद्यार्थीलाई मात्र भर्ना लिने प्रशासनिक निर्देशक राजकुमार आचार्यले बताए, जसअन्तर्गत विज्ञान सङ्कायमा १ सय ६०, व्यवस्थापन सङ्कायमा २ सय ४० र मानविकी सङ्कायमा २० जनाको कोटा निर्धारण गरिएको छ । कलेजमा विज्ञान विषय पढ्न एसएलसीमा ६५ प्रतिशत, व्यवस्थापनका लागि ५५ प्रतिशत र मानविकीका लागि ४५ प्रतिशत अङ्क ल्याएको हुनुपर्ने प्रावधान छ ।  

कलेजमा विज्ञान विषय पढ्न वार्षिक ७६ हजार रुपैयाँ शुल्क लाग्ने आचार्यले जानकारी दिए । त्यस्तै, व्यवस्थापनमा प्रयोगात्मक विषयका लागि ६४ हजार तथा अन्यका लागि ५८ हजार वार्षिक शुल्क निर्धारण गरिएको छ । मानविकी विषयका लागि भने ५४ हजार शुल्क लाग्ने कलेजले बताएको छ ।

कलेजले विभिन्न वर्गका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरेको छ । त्यसमध्ये १५ जनालाई शतप्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । त्यस्तै, अन्यलाई क्षमता तथा एसएलसी प्राप्ताङ्कका आधारमा ३० देखि ८० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था छ । उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेको ३ प्रतिशत र हिसानले तोकेको २ प्रतिशत छात्रवृत्ति पनि कलेजले छुट्ट्याएको छ । भूकम्पका कारण अभिभावक गुमाएका विद्यार्थीका लागि छात्रवृत्ति दिने विषयमा निर्णय भने भइनसकेको बताइएको छ । ‘हामीले यसमा सरकारको निर्णय कुरेका छौं,’ आचार्यले भने ‘सरकारले निर्णय मान्न तयार छौं ।’ कलेजमा विद्यार्थीलाई प्रयोगात्मक शिक्षाका लागि पनि विशेष महŒव दिइएको छ । सोहीकारण पर्याप्त अतिरिक्त क्रियाकलाप गराइने उनले बताए ।

तपाईंको बिचार