Wednesday, June 28, 2017  |    

कलेज छनोटमा सघाउन र परामर्श दिन नवौँ शैक्षिक मेला शुरु

प्रकाशित मिति: 2015/07/09

असार , काठमाडौँ । स्वदेश तथा विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई कलेज छनोटमा सघाउन र परामर्श दिन आयोजित नवौँ संस्करणको शैक्षिक प्रदर्शनी विहीबारदेखि प्रर्दशनी मार्गस्थित भृकुटीमण्डपमा शुरु भएको छ ।

नेपाल शैक्षिक परामर्श सङ्घद्वारा आयोजित सो चारदिने प्रदर्शनीमा दुईसय कक्ष राखिएका छन् । प्रदर्शनीमा दसजोड दुईपछि विज्ञान, कृषि, वन, इन्जिनियरिङलगायत सङ्कायका स्नातक तथा स्नाकोत्तर तहमा उच्च शिक्षा अध्यनयन गर्न इच्छुक विद्यार्थीलाई उनीहरुको रुचि र चाहना अनुसारको कलेज छनोट गर्न जानकारी र परामर्श दिइने छ ।

साथै इच्छुक विद्यार्थीलाई स्थलगत रुपमा भर्नाको समेत प्रबन्ध मिलाइएको छ । प्रदर्शनीमा भारत, चीन, फ्रान्स, अमेरिका, जापान, क्यानडा, अस्ट्रेलियामा उच्च अध्ययन गर्न चाहनेले ती देशका विश्वविद्यालय र पठनपाठनका बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् । प्रदर्शनी यही असार २० गतेसम्म चल्नेछ । प्रदर्शनीलाई करीब दुई लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।
शिक्षामन्त्री चित्रलेखा यादवले स्वदेशमै उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीलाई प्रेरित गर्न सुधार थालिएको जानकारी दिएकी छिन् । नेपाल प्राध्यापक सङ्घका सभापति प्रा रामेश्वर उपाध्यायले उच्च शिक्षा अध्ययनमा निर्णय लिन विद्यार्थीलाई प्रदर्शनीले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेकी छिन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले माथेमा आयोगले उच्च शिक्षा सुधारसम्बन्धी प्रधानमन्त्रीलाई  बुझाएको प्रतिवेदनमा रहेका विषयमा निजी क्षेत्रलाई जानकारी नभएको गुनासो राखेका थिए । रासस

तपाईंको बिचार