Thursday, March 30, 2017  |    

विद्यार्थी थोरै भएका र कम दूरीमा रहेका विद्यालय गाभिंदा ४१७ विद्यालय घटे

प्रकाशित मिति: 2015/08/01

 


साउन , काठमाडौँ । विद्यार्थी कम भएका र कम दूरीमा रहेका विद्यालय एक आपसमा गाभ्ने सरकारी नीतिपछि कुल विद्यालयको सङ्ख्यामा ४ सय १७ ले कमी आएको छ ।

गत वर्ष देशभर कुल ३५ हजार २ सय २३ विद्यालय रहेकामा ४ सय १७ विद्यालय गाभिई गत आवको अन्त्यमा ३४ हजार ८ सय ६ कायम हुन पुगेका छन् । विद्यालय गाभिएपछि प्रावि तहका रिक्त सात हजार ४ सय ३० शिक्षकलाई निमावि तहमा दरबन्दी मिलानको काम शिक्षा मन्त्रालयले गरिरहेको छ ।

अर्थ मन्त्रालयले प्रकाशन गरेको आव ०७१/७२ को ‘मन्त्रालयगत प्रगति विवरण’ मा हाल त्यसमध्ये ३४ हजार ३ सय ३५ प्राथमिक, १४ हजार ९ सय २४ निमावि, ३४ हजार ५ सय ६ आधारभूत (१–८) तह, आठ हजार ८ सय १४ मावि र तीन हजार ५ सय ९६ उमावि छन् । शिक्षा मन्त्रालयले विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन कम विद्यार्थी सङ्ख्या भएका र निश्चित दूरीभन्दा कम दूरीमा रहेका विद्यालय गाभेर शिक्षक दरबन्दी मिलानको कार्य अघि सारेको छ । रासस

तपाईंको बिचार