Wednesday, May 24, 2017  |    

अष्ट्रेलियाको डिकेईन विश्वविद्यालयद्धारा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने घोषणा

प्रकाशित मिति: 2015/08/01
 

साउन , काठमाडौं (अस) । विदेश अध्ययनका लागि नेपाली बिद्यार्थीको पहिलो रोजाईमा पर्ने देश अष्ट्रेलियाको डिकेईन विश्वविद्यालयले नेपाली विद्यार्थीका लागि  ‘भाइस चान्सलर मेरिटोरीयस छात्रवृत्ति’ प्रदान गर्ने घोषणा गरेको छ । सन् १९७४ मा स्थापना भएको उक्त विश्वविद्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छात्रावृत्ति प्रदान गर्ने घोषणा गरेको हो ।  
डिकेईन विश्वविद्यालयले दुई जना नेपाली विद्यार्थीका लागि ‘ट्युसन फी’मा ५० प्रतिशत छात्रवृत्ति समेत प्रदान गरेको छ । उक्त छात्रवृत्ति अन्डरग्राजुएट र पोस्टग्राजुएटमा अध्ययन गर्न चाहने एक एक जना विद्यार्थीले पाउने विश्वविद्यालयलका लागि साउथ एसिया निर्देशक रभनीत पवहाले बताइन् ।  


छात्रवृत्ति प्राप्त गर्नका लागि नेपाली विद्यार्थीहरुले उक्त विश्वविद्यालयले तोकेको आवश्यक प्रकृया पुरा गर्नुपर्ने छ । नेपालका भूकम्पपीडित परिवारका विद्यार्थीहरुलाई विश्वविद्यालयले विशेष प्राथमिकता दिने उनको धारणा छ । पत्रकार सम्मेलनमा बोल्दै नेपालका लागि अष्ट्रेलियन राजदूत ग्लेन्न व्हाईटले छात्रवृत्ति घोषणाबाट नेपाली विद्यार्थीहरुले राहतको महशुस गर्ने विश्वास लिएको बताए । अष्ट्रेलियाका अन्य विश्वविद्यालयले पनि छात्रावृत्ति कार्यक्रमको घोषणा गर्नेमा आफू आशावादी रहेको उनको भनाई छ । 


राजदूतले यस्ता कार्यक्रमहरुलाई अष्ट्रेलियन सरकारले सक्दो सहयोग गर्नुका साथै सकारात्मक भुमिका खेल्ने समेत प्रतिबद्धता व्यक्त गरे । 

तपाईंको बिचार