Tuesday, October 17, 2017

त्रिविमा चार वर्षे बीएड

प्रकाशित मिति: 2015/08/05

काठमाडौँ, साउन २० गते । त्रिभुवन विश्वविद्यालयले आगामी वर्षबाट शिक्षाशास्त्र विषयमा चार वर्षे स्नातक तह (बीएड)को पठनपाठन सुरु गर्ने भएको छ ।
भक्तपुरको सानोठिमी क्याम्पस (शिक्षा)मा विशेष आवश्यकता शिक्षा विषयमा चार वर्षे बीएड अध्यापन हुने जनाइएको छ । यसका लागि दक्षिण कोरियाको चाङवाङ राष्ट्रिय विश्वविद्यालयले प्राविधिक सहयोग गर्ने भएको छ ।
त्रिवि शिक्षाशास्त्र संकायले वुधबार आयोजना गरेको कार्यक्रममा सो संकायअन्तर्गतको विशेष आवश्यकता शिक्षा विभागका प्रमुख प्रा.डा. वासुदेव काफ्लेले कोरियाको उक्त विश्वविद्यालयले पाठ्यक्रम तयारी र अध्यापक तालिमका लागि सहयोग गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार चार जना अध्यापकहरुलाई तालिम प्रदान गर्न कोरियाको सो विश्वविद्यालयसँग सम्झौता भइसकेको छ ।
यसै वर्षबाट त्रिविले विशेष आवश्यकता शिक्षा विषयमा सेमेस्टर प्रणालीमा एमएड तहमा पठनपाठन सुरु गरेको छ । विशेष आवश्यकता शिक्षा विषयमा शारीरिक तथा मानसिक अपाङ्ग भएकाहरुको शिक्षासम्बन्धी पठनपाठन हुने गरेको छ ।

तपाईंको बिचार