Tuesday, November 21, 2017

शिक्षकद्धारा आन्दोलनको चेतावनी

प्रकाशित मिति: 2015/08/05


काठमाडौँ, साउन २० गते । राजनीतिक दलका नेताहरुले शिक्षा मन्त्रालयले शिक्षकका माग सम्बोधन गर्न वेवास्ता जनाएको आरोप लगाउनुभएको छ ।
नेपाल शिक्षक महासंघले वुधबार आयोजना गरेको कार्यक्रममा एनेकपा माओवादीका नेता अग्नी सापकोटाले शिक्षकहरुको माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले नै नचाहेको बताउँदै शिक्षकसँग भएका सम्झौता कार्यान्वयन गर्नैपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले शिक्षकहरुको समस्या समाधान गर्न राष्ट्रिय शिक्षक आयोग नै आवश्यक पर्ने बताउनुभयो ।
नेकपा–माओवादी देव गुरुङले राजनीतिक दलका नेताहरुले शिक्षाका माफियाहरुसँग आत्मसमर्पण गर्दा शिक्षा क्षेत्रलाई समस्याले गाँजेको बताउनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले विगतमा शिक्षकहरुको आन्दोलनमा आफूले मध्यस्थकर्ताको काम गरेको चर्चा गर्दै बन्द हडतालको सट्टा संवादबाटै समस्याको निकास खोज्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा महासंघका अध्यक्ष केशव निरौला, महासचिव तिलक कुँवर, सदस्य बाबुराम थापा लगायतका शिक्षक नेताहरुले माग पूरा गराउन अब आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

तपाईंको बिचार