Thursday, November 23, 2017

शिक्षा ऐन संशोधन बिरुद्घ त्रिवि क्यापसमा तदर्थ विद्यार्थी सघर्ष समिति गठन

प्रकाशित मिति: 2017/11/12


–कृष्ण तारुके

काठमाडौ । शिक्षा ऐनको नवौँ संशोधन विरुद्घ त्रिवि क्याम्पस कीर्तिपुरमा कात्तिक १७ गते पुष्कर शर्माको संयोजकत्वमा तर्दथ समिति गठन भएकको थियो । सोहि समितिद्वारा ओयोजित कात्तिक १९ गते प्रा.डा. विद्यानाथ काईरालाको प्रम्ख आतिथ्यमा वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो, भने सोहि दिन हजारोँ विद्यार्थीले त्रिवि परीसरमा वृहत ¥याली प्रदशन गरेका थिए । आन्दोलनलाई अगाडि बढाउने क्रममा कात्तिक २१ गते पुर्ण पुष्कर शर्माको संयोजकत्वमा विद्यार्थी सघर्ष समिति गठन गरियो । आन्दोनलाई निरन्तरता दिने क्रममा कात्तिक २३ गते रिपोटर्स क्लव नेपालमा वृहत पत्रकार सम्मेलन गरी सघर्ष समितिले आफ्नो आगामी आन्दोलनको कार्यक्रमको बारेमा घोषणा गर्नुका साथै विद्यार्थी समितिद्वारा शिक्षक सेवा आयोग घेराई गरी अस्थायी शिक्षकहरुको मागका  लागि गरिएको बिज्ञापन रोक्न २४ घण्टा अल्टिमेटम दिदै शिक्षक सेवा आयोगमा ज्ञापन पत्र बुझाएका थिए । 
५०० भन्दा बढि संख्यामा गएका विद्यार्थीहरुले केही बेर शिक्षाक सेवा आयोग अगाडि नाराबाजी गरेका थिए । सोहि विद्यार्थी समुह माइतिघर मण्डलामा आई विरोध प्रदशन गर्दै कोण सभा गरेका थिए । सो बिरोध कार्यक्रममा सुरक्षा निकाय, बिभिन्न मिडियाकर्मी तथा स्थानीय बासिन्दाहरुको वृहत उपस्थिति रहेको थियो । 

शिक्षा ऐनको नवौँ संसोधन बिरुद्घ सर्वोच्च आदालतमा परेको रिटको शुक्रवार दोस्रो पटक पनि पेशी हुन सकेन र बुधवारको लागि सारीएको छ । विद्यार्थीहरु आफ्नो हक हितका आन्दोलनमा निरन्तर अगाडि बढिरहेका छन् । यसै बिच आज कात्तिक २६ गतेका दिन ठिक १० बजे शिक्षक सेवा आयोगमा विद्यार्थीको माग प्रति कुनै सम्बोधन नगरीएको भन्दै ताला बन्दि गरिएको छ । विद्यार्थीको माग पुरा नभएसम्म तालाबन्दि नखोलिने समितिका संयोजक पुष्कर शर्माले बताएका छन् । 

शिक्षा ऐन (नवौँ संशोधन) मा सामुदायक कार्यरत अस्थायी शिक्षक आन्तरिक प्रतिस्पर्धा गरी स्थायी हुने प्रावधान राखिएको छ । ऐनमा कुल ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुल्ला बिज्ञापन गरी अस्थायी शिक्षकका समस्या समाधान गर्ने व्यवस्था प्रति विद्यार्थीले बिरोध जनाउँदै आएका छन् । 
संयोजक शर्मा भन्छन्–शिक्षण अध्यान अनुमतिपत्र लिएर बसेका शिक्षा संकायका विद्यार्थी निराश भएका छन् । पुरानै शिक्षक रहेसम्म सार्वजनिक शिक्षा कहिलै अघि बढ्दैन । साथै शिक्षा ऐन संशोधनको विषय सर्वोच्च अदालतमा बिचाराधीन रहेको अवस्थामा शिक्षक सेवा आयोगले विज्ञापन आह्वान गर्नु गलत भएको तर्क गर्दै आफ्नो माग पुरा नगरिए घोर बिरोध गर्ने चेतावनी दिएका छन ।

तपाईंको बिचार