Tuesday, February 19, 2019

तारकेश्वरको श्री संखादेवी माविमा विद्युतीय हाजिरी मेसिन जडान

प्रकाशित मिति: 2018/05/28

काठमाडौं । नुवाकोट जिल्लाको तारकेश्वर गाँउपालिका वडा ५ कल्लेरीमा रहेको श्री संखादेवी माध्यामिक विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान गरिएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी लिएका रमेश कुमार अधिकारीले आफ्नो पहिलो काम स्वरुप विद्युतीय हाजिरी मेसिन जडान गरेका हुन । 

उनले जेठ १ गते व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी लिएकै दिन सात दिन भित्र उक्त मेसिन जडान गर्ने वाचा गरेका थिए । सरकारी विद्यालयमा शिक्षकहरु समयमा नआउने र मनलाग्दी हिड्ने गरेको अभिभावकहरुको व्यापक गुनासो आएपछि त्यसलाई सम्बोधन गर्न यस्तो काम गरेको उनले बताए । आगामी दिनमा विद्यालय सुधारका लागि विद्यार्थी र अभिभावहरुको सल्लाह अनुसार थप नयाँ नयाँ कामहरु गर्दै जाने बाचा पनि उनले गरे । तारकेश्वर गाँउपालिकामा  मेसिन जडान गर्ने यो पहिलो विद्यालय हो । 

तपाईंको बिचार