Thursday, June 20, 2019

आजबाट इक्यान शैक्षिक मेला

प्रकाशित मिति: 2018/07/19

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को १२ औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । 

सो मेलाको उद्घाटन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गरेको हो । मेलामा सम्बोधान गर्दै उनले नेपाली विद्यार्थीलाई विदेशमा पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागि समेत शैक्षिक गन्तव्य बनाउन सकिने बताए । उनले नेपालमा बौद्ध शिक्षा, हिमाल आरोहण शिक्षा, संस्कृतिलगायतका विषयमा अन्य देशका विद्यार्थी भित्र्याउन इक्यानले भूमिका खेल्नुपर्ने भने । 

इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले ‘शिक्षा आर्जन गर्न विदेश जाँदा विद्यार्थी नठगिउन र सही परामर्श पाउन’ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको बताएका छन् । 

इक्यानको शैक्षिक मेला पहिलोपटक सन् २००८ मा वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो । मेलामा ३८८ वटा कक्ष राखिएको छ । 

तपाईंको बिचार