Monday, June 26, 2017  |    

पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रलाई दिन माग, मुद्रण महासंघद्धारा आन्दोलनको चेतावनी

प्रकाशित मिति: 2015/08/19

काठमाडौं, भदौ २ । नेपाल मुद्रण उद्योग महासंघले पाठ्यपुस्तक छपाइको जिम्मा साझा र जनक शिक्षालाई दिने सरकारको निर्णयविरुद्ध आन्दोलन गर्ने जनाएको छ । महासंघले बुधबार पत्रकार सम्मेलन गरी उक्त चेतावनी दिएको हो ।

जनक शिक्षाले समयमै पाठ्यपुस्तक छाप्न नसक्दा वर्षौदेखि पुस्तक अभाव हुँदै आएको भन्दै शिक्षा मन्त्रालयको निर्णय गलत भएको जनाएको हो ।

महासंघले प्रतिस्पर्धाको आधारमा निजी क्षेत्रलाई पाठ्यपुस्तक छपाइ गर्न नदिए आन्दोलन गर्ने र त्यसबाट विद्यार्थीमा पर्ने अवरोधको जिम्मा सरकारले नै लिनुपर्ने जनाएको छ ।

विद्यालय क्षेत्र सुधार कार्यक्रम परियोजना प्रतिवेदनमा निजी क्षेत्रको सहभागिता देशभर विस्तार गरी पाठ्यपुस्तक छपाइ तथा बिक्री–वितरण पूर्ण प्रतिस्पर्धात्मक बनाउने सरकारको प्रतिबद्धताविपरित मन्त्रालयले यस्तो निर्णय गरेको महासंघले जनाएको छ ।

निजी क्षेत्रले पाँचै विकास क्षेत्रमा आफ्नो क्षमता विकास गरेको र यस्तो निर्णयले लगानी जोखिम बढ्ने पनि

तपाईंको बिचार