Friday, April 19, 2019

विद्यार्थीको चाहना इन्जिनियरिङः विगतको तुलनामा प्रवेश परीक्षा दिनेको संख्या बढे

प्रकाशित मिति: 2018/08/20

काठमाडौं । कक्षा १२ को नतिजा प्रकाशन भएसँगै विद्यार्थीहरु विभिन्न कलेजमा धाइरहेको देख्न पाइन्छ । आफ्नो भविष्य उज्ज्वल बनाउन तर्फ लम्केका विद्यार्थीहरु भने इन्जिनियरिङ तिर लागेका छन् । 

कक्षा १२ मा विज्ञान विषय लिएर पढेका धेरै विद्यार्थीको आकर्षणको केन्द्र विन्दु यही देखिएको छ । डाक्टर र इन्जिनियर पेशामा संलग्न व्यक्तिहरुलाई समाजमा अहिले पनि उच्च ओहोदामा गन्निछ । सायद त्यसैले होला, इन्जिनियरिङ पढ्ने विद्यार्थीको चाप बढेको छ । 

भक्तपुरको चाँंगुनारायणमा अवस्थित नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य डा. हरिकृष्ण श्रेष्ठले यो वर्षका लागि भर्ना हुन प्रवेश परीक्षा दिनेको विद्याथी संख्या विगतको भन्दा बढी भएको बताए । उनले थपें, विद्यार्थीको संख्या ६ सय हाराहारीमा पुगिसकें, विगतका वर्षहरुमा चार सयको हाराहारीमा मात्रै सिमित हुन्थ्यो । यहाँमात्र नभई देशभरका इन्जिनियरिङ कलेजहरुमा भर्ना हुन चाहने विद्यार्थीको संख्या अधिक रहेको छ । 

“यो एउटा प्रतिष्ठित पेशा मात्रै होइन । यसमा विद्यार्थीहरुको लागि राम्रो स्कोप  छ । साथै अहिले पूर्वाधारको परियोजना वृद्धिसँंगै इन्जिनियर क्षेत्र राम्रो छ । सिभिल इन्जिनियर, रुरल, आर्किटेक्चर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, कम्प्युटर, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन सबै इन्जिनियरहरु हाम्रो देशको लागि अहिले आवश्यक छ ।” श्रेष्ठले आफ्नो अनुभव सुनाएँ । यी सबैे अधिकांश चारवर्षे छन् । 

नेपाल इन्जिनियरिङ काउन्सिलले राखेको तथ्यांक अनुसार त्रिभुवन विश्वविद्यालयदेखि देशका विभिन्न विश्वविद्यालयहरुले इन्जिनियरिङ विषयको पठनपाठन गराइरहेका छन् ।

तथ्यांक अनुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गत १४, पोखरा विश्वविद्यालय अन्तगर्त १४, काठमाडौं विश्वविद्यालय अन्तर्गत २, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १६ कलेजहरुमा इन्जिनियरिङ विषय पढाइ भइरहेको छ । यसैलाई मात्र मध्यनजर गर्ने हो भने वार्षिक नौ हजार इन्जिनियरहरु उत्पादन हुने तथ्यांक देखिन्छ । 

तपाईंको बिचार