Thursday, June 27, 2019

श्री भवानी प्राथमिक विद्यालयमा थप दुई कोठाको पुस्तकालय निर्माण हुने

प्रकाशित मिति: 2018/11/06

गोरखा । विनाशकारी भूकम्प पश्चात् पुनर्निर्माण हुँदै गरेको भिमसेन थापा गाउँपालिका ८– बोर्लाङ (ऐरिभन्ज्याङ) स्थित श्री भवानी प्राथमिक विद्यालयमा थप दुई कोठाको पुस्तकालय  निर्माण हुने भएको छ ।

नेदरल्यान्डका नागरिक एनालिस तथा हेन्कले उक्त भवन निर्माणका लागि सहयोग गर्ने भएका छन् । काठमाडौं स्थित हिमालय फेमिली एडभेन्चर प्रा.लि. का संचालक पर्यटन व्यवशायी नवराज ढकालको पहलमा उक्त सहयोग जुट्न लागेको हो । कक्षा तीन सम्म पढाई हुने यस बिद्यालयले भूकम्प पश्चात् बाहिर चौरमा पढाउदै आएको थिए । भवनको पुनर्निर्माण छिटो सकिने र जाडो मौसममा साना विद्यार्थीहरुलाई कक्षाकोठामै पढाउन पाईने आशा रहको बिद्यालयका प्रधानध्यपक लक्ष्मीप्रसाद रेग्मी  बताउछन् ।

चारकोठे भवन निर्माणका लागि कोरियाली संस्थाले सहयोग गरिरहेको र छित्तैनै काम सकिने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बहादुर के.सि. तथा ने.क.पा. का स्थानिय नेता राम ढकाल बताउँछन् ।

तपाईंको बिचार