Thursday, August 22, 2019

पत्रकार नेपालको ‘बीपीको विद्रोह’ शुक्रबार सार्वजनिक हुँदै

प्रकाशित मिति: 2018/11/22

काठमाडौँ । पत्रकार जगत नेपालको अनुसन्धानात्मक कृति ‘बीपीको विद्रोह’ भोलि शुक्रबार सार्वजनिक हुने भएको छ ।

पुस्तकलाई बाह्रखरी बुक्सले बजारमा ल्याउन लागेको हो । प्रकाशन गृहको पहिलो पुस्तक समेत रहेको कृतिमा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाबारे सुक्ष्म अध्ययन, स्थूल वर्णन गरिएको छ ।

प्रजातान्त्रिक समाजवादका प्रवर्तक एवम् राजनेता बीपी कोइरालाका राजनीतिक जीवनका लुप्त पाटा र विद्रोहको आयामलाई नेपालले पुस्तकमा समेट्ने प्रयास गरेका छन् । त्यस्तै पुस्तकमा नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि बीपीले गरेको सङ्घर्ष, चालेको कदम, उनको विद्रोही चेत र विद्रोहको आयातनको मिहीन ढंगले विवेचना गरिएको छ ।

नेपाली वाङ्मयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैलीका प्रवर्तक समेत मानिएका बीपीका आफ्नै आत्मपरक कृति ९आफ्नो कथा र जेल जर्नल ० पनि प्रकाशित छन् । तर, नेपालले बीपी स्वयम्ले उजागर नगरेका र उजागर गर्न बाँकी रहेका तथ्यलाई एकत्रित गरेर आफ्नै आँखाले हेर्ने प्रयत्न गरेका छन् ।

त्यस्तै समकालीन नेताको आँखाबाट बीपीलाई ठम्याउने प्रयत्न समेत गरेका छन् । बीपीबारे लामोसमयदेखि खोज, अध्ययन, अन्वेषण गर्दै आएका सर्जक नेपालका ‘पहिलो संसद स् बीपी महेन्द्र टकराव’, ‘आफ्नै कुरा’, ‘गिरिजाप्रसाद कोइरालाको जीवनी’, ‘सदन, सत्ता र सडकमा नेपाली कांग्रेस’ लगायत पुस्तक प्रकाशित छन् ।

शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच पूर्वराष्ट्रपति रामवरण यादवले कृति विमोचन गर्ने कार्यक्रम रहेको छ । साथै कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईसहित राजनीतिक विश्लेषक हरि शर्मा, शिक्षाविद् केदारभक्त माथेमा, डा। ज्ञानु पाण्डेलगायतले पुस्तकबारे टिप्पणी गर्ने कार्यक्रम रहेको छ ।

तपाईंको बिचार