Tuesday, September 17, 2019

ख्वप कलेजमा दुई दिने शैक्षिक प्रदर्शनी हुने

प्रकाशित मिति: 2018/12/19

भक्तपुर ।  भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको १९ औं, ख्वप कलेजको १७ औं र शारदा क्याम्पसको २८ औं वार्षीकउत्सवको अवसरमा ख्वप कलेज देकोचामा दुई दिने शैक्षिक प्रदर्शनी हुने भएको छ। प्रदर्शनी बुधबारदेखि हुने भएको छ ।

ख्वप कलेजका प्राचार्य एवं वार्षीकोत्सव मुल उपसमितिका संयोजक रुपक जोेशीले प्रदर्शनीमा भक्तपुर नगरपालिका क्षेत्रभित्रका विद्यालयहरुका स्टल रहने जानकारी गराए । साथसाथै ख्वप मावि, ख्वप कलेज र शारदा क्याम्पसमा दश जोड दुईदेखि स्नातकोतर तहसम्ममा अध्ययनरत विद्यार्थीले पनि स्टलहरु रहने उनले जनाए । यसवर्ष ख्वप इन्जिनियरिंग कलेज लिवाली भक्तपुरको आयोजनामा भएको रोवोर्ट प्रतियोगितामा उत्कृष्ट रहेको स्टल विशेष आकर्षण रहने विश्वास उनले व्यक्त गरे ।

प्रदर्शनीको झण्डै १० हजार दर्शकहरुले अवलोकन भ्रमण गर्ने विश्वास गरिएको छ । प्रदर्शनी अवलोकनका लागि काठमाडौं उपत्यकासहित उपत्यकाबाहिरका विभिन्न स्कुल कलेजहरुलाई पनि निमन्त्रणा पठाइएको आयोजक कलेजका प्राचार्य एवं वार्षिकोत्सव मुल उपसमितिका संयोजक जोशीले बताए । प्रवेश भने निःशुल्क गरिएको जनाइएको छ ।

प्रदर्शनी दुई दिन मात्रै रहे पनि वार्षीकोत्सव भने तीन दिन रहने जनाइएको छ । वार्षिकोत्सवको अन्तिम दिन ख्वपमा अध्ययनरत विद्यार्थीका लागि मात्रै साँस्कृतिक कार्यक्रम हुने जनाइएको छ ।

 


 


 


 

 

तपाईंको बिचार